जेनेभा– नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको उक्त जहाज कम्पनीले जनाएको छ।
_x000D_
_x000D_
मासोल सिपिङ्ग कम्पनीका अनुसार एमभि ग्लारूस नामक जहाजका १२ सदस्यलाई नाइजेरियाको व्यापारिक शहर लागोसबाट गहुँ लिएर दक्षिणी बन्दरगाह हाकोर्टतर्फ हिँडिरहेका समय अपहरण गरिएको हो। जहाजमा रहेका अन्य ६ जना भने सकुशल रहेका छन्।
_x000D_
_x000D_
‘अपहरणकारीले चालक दलका १२ र जहाजमा रहेका बहुमुल्य सामानलगायत अधिकांश सञ्चार सेटसमेत लुटेर लगेका छन्,’ मासोलका प्रवक्ता प्याट्रिक एडमसनले बताए।
_x000D_
_x000D_
कम्पनीले सुरक्षाका लागि भन्दै अपहरणमा परेका कसैको नाम तथा उनीहरूको ठेगाना नखुलाएको जनाएको छ।
_x000D_
_x000D_
उक्त क्षेत्रमा गतवर्ष पनि जहाज लुटिएको र करिब ६० जनालाई अपहरण गरिएको थियो। उक्त क्षेत्रमा हुने कतिपय आक्रमणलाई व्यवसाय धारासायी हुने खतराका कारण कम्पनीहरूले सार्वजनिक नगर्ने गरेका छन्। अपहरणमा परेका सबैजनाको सकुशल उद्धारका लागि कम्पनीले सम्वन्धित अधिकारीसँग पहल सुरु गरेको जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।