काठमाडाैं- नेपाल विद्यार्थी संघ त्रिवि समितिले मन्त्रीमण्डलका सबै मन्त्रीकाे सामूहिक पुत्लादहन गरेको छ।
_x000D_
_x000D_
मूल्यवृद्धि नियन्त्रण गर्न र बलात्कार घटनाका दोषीलाई पक्रन सरकारले नसकेको भन्दै सबै मन्त्रीको सामूहिक पुत्लादहन गरिएको बताइएको छ। वर्तमान सरकारका सबै मन्त्रीले सामाजिक सद्भाव बिगारेको भन्दै मन्त्री मण्डलका सबै सदस्यको पुत्ला दहन गरेको इकाइ अध्यक्ष हरि अाचार्यले बताए।
_x000D_
_x000D_
सरकारले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने वस्तुमा मूल्यवृद्धि गरेको बताउँदै अध्यक्ष आचार्यले भने 'दुई महिनासम्म निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु सरकारको लाचारी हो।'
_x000D_
_x000D_
उनले विवेक गुमाएको सरकारको विरोध जारी राख्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।