काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ। बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको शुक्रबार भने एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबार प्रतितोला एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने एक लाख ४६ हजार आठ सय रुपैयााँ निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।