• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १८, २०८२ Thu, Dec 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

धनगढीः सुधारगृहदेखि अवैध क्रसर करको दायरामा, महोत्सव लगाउन ३० हजार शुल्क

64x64
शेरबहादुर ऐर बिहीबार, साउन ३, २०८१  १२:३०
1140x725

धनगढी– आम सर्वसाधारण तथा सरकारकै सहयोगबाट धनगढीमा सञ्चालन छन् सुधार गृह। सरकारकै सहयोग नभए बन्द हुने अवस्थामा रहेका त्यस्ता सुधारगृहहरुमानै धनगढीले कर तोकेको छ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले सुधार गृह सञ्चालन गर्ने व्यवसायीले दर्ता र नवीकरण गर्न वार्षिक छ हजार शूल्क तिर्नुपर्ने निर्णय गरेको हो। असार ७ गते बसेको नगर सभाले सो निर्णयलाई सर्वसम्मत पारित गरेको छ। धनगढीमै राज्यको ठूलो लगानीमा बनेको छ धनगढी नगर सभा। सो नगर सभामा तीन सय मानिस अट्ने क्षमताको बनाइएको छ। तर, सर्वसाधारण तथा संस्थाले कुनै कार्यक्रम आयोजना गर्दा दिनको दश हजार शूल्क तिर्नुपर्ने छ।

आर्थिक ऐन २०८१ मा भनिएको छ –‘धनगढीको नगर सभा हल बहालमा लगाउँदा प्रति दिन दश हजार रुपैयाँमा लगिने छ।’ नदी किनारमा अवैध ढंगले सञ्चालनमा रहेका अस्थायी क्रसरलाई पनि वैधानिक बनाउन धनगढीको आर्थिक ऐनले अनुमति दिने देखिएको छ। ठूला आयोजना सम्पन्न भए पनि नदी किनारमा आयोजनाका नाममा अस्थायी क्रसरहरु सञ्चालनमा छन्।

उपमहानगरपालिकाले त्यसको नियमनमा ध्यान दिनुभन्दा कर असुलेर सञ्चालन अनुमति दिने गरि कर तोकेको छ। भनिएको छ –‘अस्थायी क्रसर उद्योग (निश्चित योजनाका लागि मात्र) सञ्चालनका लागि वार्षिक ५० हजार रुपैयाँ शूल्क लिइने छ।’ धनगढीमा हुलाकी सडक, एडिवि लगायतका आयोजना तथा धनगढी आफैले सञ्चालन गरेका गौरवका योजनामा अस्थायी क्रसर उद्योगहरु अबैध ढंगले सञ्चालनमा छन्।

धनगढीले नदी तर्दा डुङ्गा प्रयोग गरेको, कृषिजन्य बस्तु आयात निर्यात गर्दा पनि शूल्क तिर्नुपर्ने गरि आर्थिक ऐन बनाएको छ। पञ्जीकरण, फोहोरमैला व्यवस्थापन, सम्पत्ति, घरबहाल लगायतका अन्य सेवा करहरु उपमहानगरपालिकाको आर्थिक ऐनमा यथावत रहेको छ।

नउठ्ने त्यो कर
धनगढीमा सबैभन्दा ठूलो चलचित्र घर छ ‘एसटिएस।’ धनगढीले मनोरञ्जन कर अन्तर्गत चलचित्र प्रदर्शन गर्दा प्रति टिकट तीन प्रतिशतले असुल गर्ने आर्थिक ऐनमा उल्लेख छ। तर, धनगढी उपमहानगरपालिकाले सो चलचित्र घरलाई करको दायरामा ल्याउन नसकेको महालेखा परीक्षककै प्रतिवेदनमा उल्लेख छ।

महालेखा परिक्षकको प्रतिवेदन २०८१ मा भनिएको छ –‘स्थानीय तह भित्रको चलचित्र, नाटक, मेला महोत्सव, स्वीमिङ्ग पुल तथा फनपार्क जस्ता मनोरञ्जन जन्य सेवामा सेवा प्रदायकले बिक्री गरेको टिकटको मूल्यमा तीन प्रतिशतले हुने रकम मनोरञ्जन कर वापत स्थानीय तहले उठाउने व्यवस्था छ। यो वर्ष पालिकाले मनोरञ्जन करवापत एक लाख २८ हजार सात सय ३० असुल गरेको देखियो।’ 

महालेखा परिक्षकको प्रतिवेदनले नै एसटिएस सिनेमा घरको आन्तरिक आयनै ११ लाख ३६ हजार पाँच सय रहेको उल्लेख छ। भनिएको छ, ‘जसको ३ प्रतिशतले तीन लाख ४० हजार नौ सय ३५ हुने देखिन्छ। यस पालिका अन्र्तगतका उद्योग वाणिज्य संघ लगायतका विभिन्न पेशागत समुहहरुले समय समयमा मेला महोत्सव समेत सञ्चालन हुने गरेको देखिन्छ। त्यसैगरी फन पार्क, नाटक घर लगायत मनोरञ्जन जन्य सेवा प्रदायकले सेवा सञ्चालन गरिरहेको अवस्थामा एउटा चलचित्र घरबाट संकलन हुने मनोरञ्जन कर समेत पुरै असुल नभएको देखियो। पालिकाले अनुगमन गरि कर असुल हुन संयन्त्र परिचालन गर्नुपर्दछ।’

Ncell 2
Ncell 2

मेला महोत्सव गरे अधिकतम ३० हजार तिर्नुपर्ने
सुदूरपश्चिममा यस वर्षदेखि मेला महोत्सव गर्ने संघ–संस्था तथा व्यक्तिले शूल्क तिर्नुपर्ने गरि आर्थिक ऐन ल्याइएको छ। सत्ता समिकरणसंगै प्रदेशको चालु आर्थिक वर्षको बजेट पारित नभएपनि प्रदेश सरकारले मेला महोत्सवदेखि कृषि अनुदानमा आवेदन दिँदा दस्तुर तिर्नुपर्ने व्यवस्थासहितको ऐन तयार गरेको छ।

प्रदेश सरकारको आर्थिक ऐन २०८१ अनुसार मेला महोत्सव आयोजना गर्ने संघ–संस्थाले दिनको पाँच हजारदेखि अधिकतम ३० हजारसम्म शूल्क तिर्नुपर्ने भएको हो। अब सुदूरपश्चिममा मेला महोत्सव, सर्कस खेल, जादु चटके गर्दा उपमहानगरपालिकाभित्र एक दिनको पाँच हजार, तीन दिनको दश, पन्ध्र दिनको १८ र ३० दिनको ३० हजार रकम तिर्नुपर्ने छ।

त्यस्तै नगरपालिकामा क्रमशः तीन हजार, छ हजार, १५ हजार र २० हजार तथा गाउँपालिकामा क्रमशः एक हजार, तीन हजार, छ हजार र दश हजार तिर्नुपर्ने छ।

कृषि अनुदान आवेदन दिँदा दस्तुर तिर्नुपर्ने
प्रदेश आर्थिक ऐन २०८१ को अनुसूची ८ मा कृषि अनुदानका लागि आवेदन दिँदा दस्तुर तिर्नुपर्ने तथा प्रदेश मातहातका कार्यालयको भवन प्रयोग गरेवापत शूल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाहेक अन्य निकायले तालिम कक्ष प्रयोग गर्दा शूल्क तिर्नुपर्ने सो ऐनमा व्यवस्था गरेको छ। मन्त्रालयबाहेक अन्य सरकारी निकायले तालिम कक्ष प्रयोग गर्दा दिनको एक हजार पाँच सय र गैरसरकारी निकायले दुई हजार तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै कृषि, पशुपन्छी तथा मत्स्य तर्फ सञ्चालित अनुदान सम्बन्धमा निवेदन दस्तुर रकम बराबर फरक–फरक कायम गरिएको छ। एक रुपैया भन्दा कमको प्रस्तावमा आवेदन शूल्क नलाग्ने उल्लेख छ भने एक लाखदेखि पाँच लाखसम्ममा तीन सय र पाँच लाखभन्दा माथिकामा एक हजार शूल्क तिर्नुपर्ने उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ । बिहीबार, मंसिर १८, २०८२
निर्वाचन आयोगमा ३३ वटा दलले बुझाए गत आर्थिक वर्षको आय-व्यय विवरण आय-व्यय विवरण बुझाउने दलहरूमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, जनप्रिय लोकता... बुधबार, मंसिर १७, २०८२
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हु... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
महिला टि-२० विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा बिहीबार, मंसिर १८, २०८२
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय बिहीबार, मंसिर १८, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, मंसिर १८, २०८२
क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा बिहीबार, मंसिर १८, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
धोबीखोलामा युवकको शव फेला बिहीबार, मंसिर १८, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्