• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

धनगढीः सुधारगृहदेखि अवैध क्रसर करको दायरामा, महोत्सव लगाउन ३० हजार शुल्क

64x64
शेरबहादुर ऐर बिहीबार, साउन ३, २०८१  १२:३०
1140x725

धनगढी– आम सर्वसाधारण तथा सरकारकै सहयोगबाट धनगढीमा सञ्चालन छन् सुधार गृह। सरकारकै सहयोग नभए बन्द हुने अवस्थामा रहेका त्यस्ता सुधारगृहहरुमानै धनगढीले कर तोकेको छ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले सुधार गृह सञ्चालन गर्ने व्यवसायीले दर्ता र नवीकरण गर्न वार्षिक छ हजार शूल्क तिर्नुपर्ने निर्णय गरेको हो। असार ७ गते बसेको नगर सभाले सो निर्णयलाई सर्वसम्मत पारित गरेको छ। धनगढीमै राज्यको ठूलो लगानीमा बनेको छ धनगढी नगर सभा। सो नगर सभामा तीन सय मानिस अट्ने क्षमताको बनाइएको छ। तर, सर्वसाधारण तथा संस्थाले कुनै कार्यक्रम आयोजना गर्दा दिनको दश हजार शूल्क तिर्नुपर्ने छ।

आर्थिक ऐन २०८१ मा भनिएको छ –‘धनगढीको नगर सभा हल बहालमा लगाउँदा प्रति दिन दश हजार रुपैयाँमा लगिने छ।’ नदी किनारमा अवैध ढंगले सञ्चालनमा रहेका अस्थायी क्रसरलाई पनि वैधानिक बनाउन धनगढीको आर्थिक ऐनले अनुमति दिने देखिएको छ। ठूला आयोजना सम्पन्न भए पनि नदी किनारमा आयोजनाका नाममा अस्थायी क्रसरहरु सञ्चालनमा छन्।

उपमहानगरपालिकाले त्यसको नियमनमा ध्यान दिनुभन्दा कर असुलेर सञ्चालन अनुमति दिने गरि कर तोकेको छ। भनिएको छ –‘अस्थायी क्रसर उद्योग (निश्चित योजनाका लागि मात्र) सञ्चालनका लागि वार्षिक ५० हजार रुपैयाँ शूल्क लिइने छ।’ धनगढीमा हुलाकी सडक, एडिवि लगायतका आयोजना तथा धनगढी आफैले सञ्चालन गरेका गौरवका योजनामा अस्थायी क्रसर उद्योगहरु अबैध ढंगले सञ्चालनमा छन्।

धनगढीले नदी तर्दा डुङ्गा प्रयोग गरेको, कृषिजन्य बस्तु आयात निर्यात गर्दा पनि शूल्क तिर्नुपर्ने गरि आर्थिक ऐन बनाएको छ। पञ्जीकरण, फोहोरमैला व्यवस्थापन, सम्पत्ति, घरबहाल लगायतका अन्य सेवा करहरु उपमहानगरपालिकाको आर्थिक ऐनमा यथावत रहेको छ।

नउठ्ने त्यो कर
धनगढीमा सबैभन्दा ठूलो चलचित्र घर छ ‘एसटिएस।’ धनगढीले मनोरञ्जन कर अन्तर्गत चलचित्र प्रदर्शन गर्दा प्रति टिकट तीन प्रतिशतले असुल गर्ने आर्थिक ऐनमा उल्लेख छ। तर, धनगढी उपमहानगरपालिकाले सो चलचित्र घरलाई करको दायरामा ल्याउन नसकेको महालेखा परीक्षककै प्रतिवेदनमा उल्लेख छ।

महालेखा परिक्षकको प्रतिवेदन २०८१ मा भनिएको छ –‘स्थानीय तह भित्रको चलचित्र, नाटक, मेला महोत्सव, स्वीमिङ्ग पुल तथा फनपार्क जस्ता मनोरञ्जन जन्य सेवामा सेवा प्रदायकले बिक्री गरेको टिकटको मूल्यमा तीन प्रतिशतले हुने रकम मनोरञ्जन कर वापत स्थानीय तहले उठाउने व्यवस्था छ। यो वर्ष पालिकाले मनोरञ्जन करवापत एक लाख २८ हजार सात सय ३० असुल गरेको देखियो।’ 

महालेखा परिक्षकको प्रतिवेदनले नै एसटिएस सिनेमा घरको आन्तरिक आयनै ११ लाख ३६ हजार पाँच सय रहेको उल्लेख छ। भनिएको छ, ‘जसको ३ प्रतिशतले तीन लाख ४० हजार नौ सय ३५ हुने देखिन्छ। यस पालिका अन्र्तगतका उद्योग वाणिज्य संघ लगायतका विभिन्न पेशागत समुहहरुले समय समयमा मेला महोत्सव समेत सञ्चालन हुने गरेको देखिन्छ। त्यसैगरी फन पार्क, नाटक घर लगायत मनोरञ्जन जन्य सेवा प्रदायकले सेवा सञ्चालन गरिरहेको अवस्थामा एउटा चलचित्र घरबाट संकलन हुने मनोरञ्जन कर समेत पुरै असुल नभएको देखियो। पालिकाले अनुगमन गरि कर असुल हुन संयन्त्र परिचालन गर्नुपर्दछ।’

Ncell 2
Ncell 2
nimb
nimb

मेला महोत्सव गरे अधिकतम ३० हजार तिर्नुपर्ने
सुदूरपश्चिममा यस वर्षदेखि मेला महोत्सव गर्ने संघ–संस्था तथा व्यक्तिले शूल्क तिर्नुपर्ने गरि आर्थिक ऐन ल्याइएको छ। सत्ता समिकरणसंगै प्रदेशको चालु आर्थिक वर्षको बजेट पारित नभएपनि प्रदेश सरकारले मेला महोत्सवदेखि कृषि अनुदानमा आवेदन दिँदा दस्तुर तिर्नुपर्ने व्यवस्थासहितको ऐन तयार गरेको छ।

प्रदेश सरकारको आर्थिक ऐन २०८१ अनुसार मेला महोत्सव आयोजना गर्ने संघ–संस्थाले दिनको पाँच हजारदेखि अधिकतम ३० हजारसम्म शूल्क तिर्नुपर्ने भएको हो। अब सुदूरपश्चिममा मेला महोत्सव, सर्कस खेल, जादु चटके गर्दा उपमहानगरपालिकाभित्र एक दिनको पाँच हजार, तीन दिनको दश, पन्ध्र दिनको १८ र ३० दिनको ३० हजार रकम तिर्नुपर्ने छ।

त्यस्तै नगरपालिकामा क्रमशः तीन हजार, छ हजार, १५ हजार र २० हजार तथा गाउँपालिकामा क्रमशः एक हजार, तीन हजार, छ हजार र दश हजार तिर्नुपर्ने छ।

कृषि अनुदान आवेदन दिँदा दस्तुर तिर्नुपर्ने
प्रदेश आर्थिक ऐन २०८१ को अनुसूची ८ मा कृषि अनुदानका लागि आवेदन दिँदा दस्तुर तिर्नुपर्ने तथा प्रदेश मातहातका कार्यालयको भवन प्रयोग गरेवापत शूल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाहेक अन्य निकायले तालिम कक्ष प्रयोग गर्दा शूल्क तिर्नुपर्ने सो ऐनमा व्यवस्था गरेको छ। मन्त्रालयबाहेक अन्य सरकारी निकायले तालिम कक्ष प्रयोग गर्दा दिनको एक हजार पाँच सय र गैरसरकारी निकायले दुई हजार तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै कृषि, पशुपन्छी तथा मत्स्य तर्फ सञ्चालित अनुदान सम्बन्धमा निवेदन दस्तुर रकम बराबर फरक–फरक कायम गरिएको छ। एक रुपैया भन्दा कमको प्रस्तावमा आवेदन शूल्क नलाग्ने उल्लेख छ भने एक लाखदेखि पाँच लाखसम्ममा तीन सय र पाँच लाखभन्दा माथिकामा एक हजार शूल्क तिर्नुपर्ने उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्