काठमाडौँ- स्पेनका मिडफिल्डर रोड्री युरोकप-२०२४ को प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्। उनी फाइनल खेलको मध्यान्तरमा चोटका कारण मैदानबाट बाहिरिएका थिए।
इंग्ल्याण्डका कप्तान ह्यारी केन सहित तीन गोल गरेका पाँच खेलाडीले गोल्डेन बुट बाँडेका छन्। केनसहित स्पेनका ड्यानी ओल्मो, जर्जियाका जर्जस मिकाउटाजे, नेदरल्याण्डका कोडी गाक्पो, स्लोभाकियाका इभान श्रान्ज र जर्मनीका जमाल मुसियालाले पनि अवार्ड जितेका छन्।
प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनका १७ वर्षीय विङ्गर लामिन यामालले पाए। उनले जर्मनीमा चार गोलको अवसर सिर्जना र एक गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।