काठमाडाैं- अब स्थानीय तहका जनप्रतिनिधि गैरसरकारी संस्था (एनजिओ)/विदेशी गैरसरकारी संस्था (आइएनजिओ) देखि स्थानीय सरकारको खर्चमासमेत विदेश भ्रमणमा जान नपाउने भएका छन्। गत शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको स्थानीय तहका जनप्रतिनिधिको वैदेशिक भ्रमणसम्बन्धी निर्देशिकाले स्थानीय तहका जनप्रतिनिधिको वैदेशिक भ्रमणलाई अंकुश लगाएको हो।
_x000D_
_x000D_
स्थानीय जनप्रतिनिधि जथाभावी विदेश भ्रमणमा जान थालेपछि सरकारले निर्देशिकामार्फत् त्यसलाई नियमन गरेको हो।
_x000D_
_x000D_
उक्त निर्देशिकामा कुनै पनि एनजिओ तथा आइएनजिओको निम्तामा विदेश भ्रमणमा जान नपाइने व्यवस्था गरिएको छ। त्यस्तै, स्थानीय सरकारको स्रोत/साधन खर्च गरेर पनि विदेश भ्रमणमा जान नपाइने व्यवस्था निर्देशिकामा छ।
_x000D_
_x000D_
स्थानीय जनप्रतिनिधि विदेश भ्रमणमा जाँदा संघीय सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ।
_x000D_
_x000D_
त्यस्तै, निर्देशिकामा स्थानीय विकास निर्माण, सेवा प्रवाह, कुशल व्यवस्थापन तथा सुशासन लगायतमा सहयोग पुग्ने कार्यक्रमका लागिमात्र विदेश भ्रमणमा जान पाइने व्यवस्था उल्लेख छ।
_x000D_
_x000D_
दातृ संस्थाद्धारा आयोजित कार्यक्रम तर उनीहरूकै खर्चमा भने विदेश भ्रमणमा जान पाइने व्यवस्था निर्देशिकामा गरिएको छ।
_x000D_
_x000D_
यसअघि सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ जारी गरी सरकारी पदाधिकारीको विदेश भ्रमणमा अंकुश लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।