काठमाडौं– वैदेशिक रोजगार विभागले ५८४ वटा मेनपावर कम्पनीको दर्ता खारेज गरेको छ। विभागको नियम पालना नगर्ने कम्पनीहरुलाई विभागले सोमबार एक सूचना प्रकाशित गर्दै खारेज गरेको हो।
दर्ता खारेजमा परेका उक्त म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा पठाउनेसम्बन्धी कार्य गर्न नपाउने विभागले जनाएको छ।
‘यसरी बन्द भएका तथा कारोबार रोक्का भएका संस्थाहरूले वैदेशिक रोजगारीमा पठाउनेसम्बन्धी कार्य गर्न नपाउने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ विभागले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।