• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १९, २०८३ Tue, Aug 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

असार सकिनै लाग्दा ३८ प्रतिशत मात्रै सकियो रोपाइँ

64x64
नेपाल लाइभ सोमबार, असार २४, २०८१  १२:३१
1140x725

काठमाडौं– असार सकिनै लाग्दा देशैभर जम्मा ३८ प्रतिशत मात्रै रोपाइँ सकिएको छ। असार २३ गतेसम्मको कृषि विभागको तथ्यांक अनुसार देशैभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ।

यो चालू वर्षको अनुमानित कूल रोपाइँ क्षेत्रको ३८.६ प्रतिशत हो। यो वर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ। जसमध्ये असार २३ गतेसम्म ५ लाख ३९ हजार ७६६ हेक्टर रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।

गत वर्ष असार सोही अवधिमा देशभर ४२ प्रतिशत रोपाइँ सकिएको थियो। गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर अनुमानित धान रोपाइँ क्षेत्र रहेको थियो। जसमध्ये यस अवधिमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो। सो अवधिमा सुदूरपश्चिममा ९४ हजार ६९९ रोपाइँ सम्पन्न भएको छ। 

प्रतिशतका हिसाबमा भन्ने हो भने यो ५४.२ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। यो वर्ष सुदूरपश्चिममा कूल १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ।

मधेश प्रदेशमा सबैभन्दा कम धान रोपाई भएको विभागको तथ्यांकमा उल्लेख छ। असार २३ गतेसम्म मधेसमा २५ प्रतिशत मात्र रोपाइँ भएको छ। यो वर्ष मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा अहिलेसम्म ९७ हजार ८५१ हेक्टरमा क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै, कोशी प्रदेशमा यो वर्ष २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। जसमध्ये असार २३ गतेसम्म ९५ हजार १७० हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको हो। प्रतिशतका हिसाबमा यो ३४.४ प्रतिशत मात्रै रोपाइँ भएको तथ्यांकमा उल्लेख छ।

बागमती प्रदेशमा ४० प्रतिशत रोपाइँ सकिएको छ। यो वर्ष बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। जसमध्ये हालसम्म सो प्रदेशमा ४६ हजार ४४ हेक्टरमा रोपाइँ भएको विभागले जनाएको छ।

यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टर अनुमानित रोपाइँ क्षेत्र रहेको छ। जसमध्ये हालसम्म ४७ हजार ७३३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। यो कूल अनुमानित रोपाइँ क्षेत्रको ४९.७ प्रतिशत हो।

यस्तै, असार २३ गतेसम्म  लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत  रोपाइँ भएको छ। लुम्बिनीमा ३ लाख ११ लाख ६४३ हेक्टर अनुमानित धान रोपाइँ क्षेत्र रहेको छ। जसमध्ये हालसम्म १ लाख ३८ हजार ३६४ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको हो। 

यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा अनुमानित धान रोपाइँ क्षेत्र अनुमान रहेको छ। जसमध्ये १९ हजार ९०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विभागले जनाएको छ। यो प्रदेशको कूल रोपाइँ क्षेत्रको ४७.५ प्रतिशत रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान
सम्बन्धित सामग्री
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री गीता चौधरी र सचिव डा राजेन्द्र प्रसाद मिश्रले मन्त्रालयले यस अवधिमा हासिल गरेका प्रग... बिहीबार, असार २५, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आ... बिहीबार, असार २५, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी सांसदले उठाएका... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग सोमबार, साउन १८, २०८३
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान सोमबार, साउन १८, २०८३
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्