नैरोबी– तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ।
_x000D_
_x000D_
यातायात मन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतकको सङ्ख्या २ सय ७ पुगेको जानकारी गराएको हो।
_x000D_
_x000D_
यसअघि शुक्रबार दिइएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १ सय २६ पुगेको र घटनाबारे थप जानकारी गराउँदै जाने बताएका थिए। यद्यपि केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका उनले बताए।
_x000D_
_x000D_
शनिबार दिउँसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएको जानकारी दिए।
_x000D_
_x000D_
एमभी नाइरेरे नामक डुङ्गाले २ सय जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो।
_x000D_
_x000D_
डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान रहेको छ। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।