काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले सांसद प्रेम सुवालले बाहिर हुँदा आफूसँग मिलेर सांसद जीवन्त बनाउने कुरा गरेको तर भित्र पसेपछि अर्थमन्त्री चाहिँदैन, लायककै छैन भन्ने प्रतिक्रिया दिएको बताए।
आइतबार सांसदमा आर्थिक विधेयक माथिको छलफलका क्रममा सांसद प्रेम सुवालको प्रतिक्रियाको जवाफ दिँदै यस्तो बताए।
‘एउटा अनौपचारिक कुरा सुनाउँछु। बाटोमा आउँदा जम्का भेट हुँदा चाहिँ अर्थमन्त्री र मैले संसदलाई जीवन्त बनाउने भयौँ एउटा प्रक्रियाको लागि संसदको जीवन्तताको लागि मैले केहि संसोधन राखेको छु है भन्नुहुन्थ्यो। मैले ठिकै छ धन्वाद छत्यसको लागि संसद जीवन्त पनि हुनुपर्छ, त्यसको लागि तपाइँले राख्नु भएको संसोधनमा सरकारका र आफ्ना धारणा राख्छु भनेको थिएँ। माननीय सदस्यले यसमाथि संसोधन राखेर विभिन्न कोणबाट राष्ट्र ऋण उठाउने विधेयकसम्बन्धी थुप्रै विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो। त्यसका लागि धन्यवाद व्यक्त गर्दछु।’
बाहिर मित्रवत छलफल गरेर भित्र आफूलाई अर्थमन्त्री वन्न लायक नभएको प्रतिक्रियामा टिप्पणी गरे।
‘अघिचाहिँ अनौपचारिक जति जीवन्त मित्रवत छलफल भो भित्र यहाँसम्म आउँदासम्म अर्थमन्त्री चाहिँदैन हुन लायककै छैन। भनिसकेपछि जीवन्त कल्ले बनाउने यहाँ त अर्थमन्त्री नभएपछि छलफलमा भाग नलिएपछि लागिराख्यो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।