काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो आर्थिक विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेपाल मजदूर किसान पाटीका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।
उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन्।सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।