काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को ११ महिनामा यार्सागुम्बा निर्यात हुँदा ६४ करोड २२ लाख ७८ हजार रुपैयाँ भित्रिएको छ।
चालू आर्थिक वर्षको साउन महिनादेखि जेष्ठ मसान्तसम्ममा ६४ करोड २२ लाख ७८ हजार रुपैयाँको १ हजार ३१३ किलो यार्सागुम्बा निर्यात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ।
जसमध्ये सबैभन्दा धेरै २७ करोड १८ लाख ५१ लाख रुपैयाँको ४१५ किलो यार्सागुम्बा हङ्गङमा निर्यात भएको छ। यस्तै दोस्रो चीनतर्फ २२ करोड ८७ लाख ७५ हजार रुपैयाँको ५७१ किलो यार्सागुम्बा निर्यात भएको हो।
यस्तै अष्ट्रेलियामा २५ हजार रुपैयाँको अष्ट्रियामा १९ हजार,कम्बोडियामा ६ करोड २० लाख १३ हजार रुपैयाँको १३ किलो, चेक रिपब्लिकामा ७३ हजार, ग्रिसमा २६ हजार रुपैयाँको १ किलो, जापानमा १ लाख ३३ हजार रुपैयाँ, मलेशिया ४५ लाख, मङ्गोलियामा ५ लाख ९८ हजार रुपैयाँको १ किलो निर्यात भएको छ।
यसैगरी रसियामा ५० हजार, सिङ्गापुरमा १ करोड ७५ लाख ६० हजार रुपैयाँको २४ किलो, ताइवानमा २३ लाख २८ हजार रुपैयाँको ४ किलो, बेलायतमा ९५ लाख ६६ हजार रुपैयाँको १९ किलो अमेरिका ७२ लाख १४ हजार रुपैयाँके ११ किलो, र भियतनाममा ३ करोड ७५ लाख ४१ हजार रुपैयाँको १३८ किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।