बुटवल– काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव भएपछि नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीले ३५ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर काठमाडौं पठाएको छ।
_x000D_
_x000D_
पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारले पेट्रोलियम पदार्थ बिक्रिवितरणमा कोटा तोकेपछि क्षेत्रीय कार्यालय भलवारीबाट ३५ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु काठमाडौं पठाएको हो।
_x000D_
_x000D_
ट्यांकर चालक तथा यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौंमा इन्धन अभाव भएपछि रुपन्देही प्रशासनले उनीहरुसँग सहमति गरेर ट्यांकरहरु काठमाडौं पठाएको रुपन्देहीका साहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। उनले भने, ‘कडा सुरक्षा दिई इन्धन बोकेका ३५ ट्यांकर काठमाडौं पठाइएको छ।’ उनले पेट्रोलका १५ र डिजेल बोकेका २० ट्यांकर काठमाडौंका लागि छुटेका जानकारी दिए।
_x000D_
_x000D_
‘बिहानसम्म व्यवसायी र चालकहरु जान मानेका थिएनन्। तर, छलफलपछि उनीहरु ट्यांकर लैजान तयार भएका हुन्।’, उनले भने।
_x000D_
_x000D_

_x000D_
_x000D_
यता, भैरहवा भन्सार कार्यालयका अनुसार चालकहरुको आन्दोलनपश्चात् बेलहिया नाकाबाट असोज २ गते ११ वटा खाना पकाउने एलपी ग्यासका बुलेट, ३ गते ३४ वटा डिजेल, २३ वटा पेट्रोल र १३ वटा मट्टितेलका ट्यांकर नेपाल भित्रिएका छन्। त्यस्तै असोज ४ गते ५० वटा डिजेल, १४ वटा पेट्रोल, एउटा मट्टितेल र ७ वटा एलपी ग्यासका बुलेट नेपाल प्रवेश गरेका छन्।
_x000D_
_x000D_
चालकहरुको आन्दोलनलाई लिएर बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सर्वदलीय बैठकले सार्वजनिक यातायात सञ्चालन गर्नेगरी २ बुँदे सहमति गरेको थियो। जसअन्तर्गत बिहीबार देखि नै सुरक्षा व्यवस्थासहित सार्वजनिक यातायात सञ्चालन गर्ने र सवारी सञ्चालनमा ल्याउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमति पत्र लगायतका कागजपत्र १५ दिनसम्म निलम्बन गर्ने निर्णय भएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
निर्णय भएको २४ घन्टा बितिसक्दासमेत व्यवसायी तथा चालक मजदुरहरुले सार्वजनिक यातायात सञ्चालन गरेका छैनन्। बिहानै देखि यातायात सञ्चालन हुने खबर पाएर बसपार्कमा आएका यात्रुहरु दिनभर नै गन्तव्यमा पुग्न सवारीको पर्खाइमा देखिन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।