काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग स्थापनाका लागि लगानीमैत्री वातावरण निर्माणमा जोड दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन्।
_x000D_
_x000D_
मन्त्री यादवले बिहीबार सबै प्रदेशका उद्योग मन्त्रीहरुसँग काठमाडौंका सामूहिक भेट गरी उद्योगका लागि लगानी गर्ने सहज वातावरण बनाउन आग्रह गरेका हुन्। त्यस अवसरमा उनले संविधानमा आधारित रहेर कर प्रणालीलाई सहज बनाउनुपर्ने पनि स्पष्ट पारे। सरकारले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय नारालाई मूर्तरुप दिन स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल गरेर अघि बढ्नुको विकल्प नरहेको पनि मन्त्री यादवको भनाइ थियो।
_x000D_
_x000D_
मन्त्री यादवले लगानीकर्ताहरुलाई उत्साहित हुने गरी ऐन, कानुन बनाउनुपर्ने आवश्यकता औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।