रसुवा– रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको ६ दशमलब ४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजना तोकिएको समयमा निर्माण हुन सकेको छैन। यही महिना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि आयोजनाको काम तोकिएको समयमा निर्माण हुन नसकेको हो।
_x000D_
_x000D_
यसअघि पनि काममा ढिलाइ भएपछि दोस्रो पटक असोजसम्मका लागि म्याद थप गरिएको थियो। तर, यसबीचमा पनि विभिन कारणवश निर्माण सम्पन्न हुन नसकेको आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए।
_x000D_
_x000D_
२०६९ सालदेखि निर्माण सुरु भएको आयोजनाले यसअघि गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर दोस्रो पटक थपिएको समयमा पनि निर्माण कार्य पुरा नभएपछि आयोजनाले म्याद थपको तयारी थालेको छ।
_x000D_
_x000D_
आयोजनाको निर्माण कार्य भने असारदेखि नै ठप्प छ। वर्षाका कारण भन्दै रोकिएको निर्माण कार्य असोजको दोस्रो सातादेखि पुनः सुचारु हुने प्रोजेक्ट इन्चार्ज जोशीले बताए। उनले भने, ‘आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ। त्यसकारण पनि वर्षयाममा काम हुन सकेन। अब आयोजनाका प्राविधिक सामग्री सर्भिसिङ गरेर मात्र निर्माण कार्य सुरु हुन्छ।’
_x000D_
_x000D_
वर्षा, नाकाबन्दी र बाढीपहिरोको कारण आयोजनाको काम पछि धकेलिएको प्रोजेक्ट इन्चार्ज जोशीको भनाइ छ। ‘वर्षाको समय असारदेखि भदौसम्म र हिउँ पर्ने समय पुसदेखि चैतसम्म आयोजनाको निर्माण कार्य ठप्प हुने गरेको छ।’, उनले भने। आयोजनाको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।
_x000D_
_x000D_
यस वर्ष मनसुन चाँडै सुरु भएका कारण आयोजनाको निर्माण कार्य प्रभावित बनेको थियो। अहिले पावर हाउस निर्माण, प्रशारण लाइन निर्माण र ‘पेनस्टक’ जोड्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। ९ सय ३० मिटरमध्ये करिब ३ सय मिटर ‘पेनस्टक’ जोड्न बाँकी छ। त्यस्तै ३ हजार ८ सय ४० मिटर ‘हेडरेस’मध्ये अब ६० मिटर मात्रै निर्माण बाँकी रहेको जोशीले बताए।
_x000D_
_x000D_
‘रन अफ रिभर’ प्रणालीमा निर्माण भइरहेको आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने बताइएको छ। आयोजनका अनुसार हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन नघट्ने हुँदा उत्पादित विद्युत खेर जान नदिन प्रशारण लाइन निर्माणको पनि काम भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।