काठमाडौं– प्रतिनिधिसभाका १० विषयगत समितिको सभापति पदका लागि एकल उम्मेदवारी परेको छ। बिहीबार भएको उम्मेदवारी दर्ताको क्रममा सबै समितिको सभापति पदमा एकल उम्मेदवारी परेको हो। योसँगै सबै समितिका सभापति निर्विराेध भएका हुन्।
_x000D_
_x000D_
निर्विरोध भएपनि शुक्रबार निर्वाचन प्रक्रियामार्फत दश वटै समितिका सभापतीको अाैपचारिक घाेषणा हुनेछ।
_x000D_
_x000D_
प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारी परेको छ भने नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले एक–वटा समितिको सभापति पाउने भएका छन्।
_x000D_
_x000D_
सरकारको सहयात्रीे संघीय समाजवादीले उद्योग, वाणिज्य तथा श्रम समितिको सभापति पाउने भएको छ। सो समितिको सभापतिमा विमल श्रीवास्तवको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतकुमार साह निर्विरोध भएका छन्।
_x000D_
_x000D_
बाँकी रहेका ८ समितिहरुमध्ये अर्थ समितिमा सांसद कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवि पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशि श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको एकल उम्मेदवारी परेको छ। यी सबै सांसद नेकपाका हुन्।
_x000D_
_x000D_
यसअघि तीन पटकसम्म रोकिएको समिति सभापति चयनकाे निर्वाचन कार्यक्रम शुक्रबार हुँदैछ। हाल ज्येष्ठ सदस्यको नेतृत्वका भरमा चलेका समितिमा सभापति बन्न पहिलो पटक निर्वाचन जितेका युवादेखि पूर्वमन्त्रीसम्म लबिङमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।