काठमाडौं- प्रतिनिधि सभा सांसद हदृयेश त्रिपाठीले पूर्व सेनापतिका विषयमा छानबिन गर्न आवश्यक भइसकेको बताएका छन्। प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले भने ‘सेनाको छवि, मर्यादा र क्षमतामा आएको ह्रासले समग्र देशले त्यसको परिणाम भोग्नुपर्छ। तसर्थ यस विषयमा छानबिन जरुरी छ’ उनले भने।
_x000D_
_x000D_
‘नेपाली सेनालाई विगत केही समयदेखि हामीले व्यापारिक संस्थानजस्तो बनाउँदै लगेका छौं। हरेक व्यापारमा उसलाई हात हाल्न दिएका छौं। जब सेना व्यवसायमा प्रवेश गर्छ, उसको पेशागत मर्यादामा आँच आउँछ। यसले धेरै किसिमका अप्ठयारा सिर्जना गर्ने मात्र नभई सेनामा अनुशासन खल्बलिन थाल्छ’ सांसद त्रिपाठीले भने।
_x000D_
_x000D_
निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीका विषयमा सञ्चार माध्यमले उनको सुन्दर फोटोसहित कुरुप कर्तुतको विषयमा धेरै लेखिसकेका उनले उल्लेख गरे। ‘सेनालाई व्यापारिक गतिविधिमा संलग्न गराउने हो भने सेनाको छवि, मर्यादा र क्षमतामा ह्रास आउने छ। यसको समग्र असर देशले भोग्नुपर्नेछ’ उनले भने, ‘निवर्तमान सेनापतिको विषयमा उठेका विषय छानबिन गर्न जरुरी भइसक्यो।’
_x000D_
_x000D_
'चाहे सुन काण्ड होस् वा निर्मला हत्या काण्ड नै किन नहोस् नेपाल प्रहरीले विश्वसनीयता गुमाउदै गएको अवस्थामा सेनाको पनि विश्वसनीयता गुम्ने खतरा छ' उनले भने। सेनाको मनोबल गिर्न थाल्यो भने देश एक किसिमको अराजकतामा फस्ने सांसद त्रिपाठीको तर्क छ।
_x000D_
_x000D_
सांसद त्रिपाठीले राज्यका धेरै स्तम्भ मक्किसकेका र केही स्तम्भ मात्र बाँकी रहेको वर्तमान अवस्थामा त्यस्ता बाँकी स्तम्भ जोगाउनु पर्नेमा जोड दिए। यसैगरी नेकपा सांसद महेश बस्नेतले पनि निवर्तमान सेनापतिले अकुत भ्रष्टाचार गरेर बिदा भएका समाचार आएकाले छानबिन हुनुपर्ने माग गरेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।