काठमाडौं–प्रधानमन्त्री केपी ओलीले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले ‘कम खर्चमा बढि प्रतिफल’ आउने गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीलाई आग्रह गरे।
_x000D_
_x000D_
नेपाल निर्माण व्यवसायी महासंघको २०औं वार्षिक साधारण सभालाई बिहिबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानीजानी कम गुणस्तरको काम गरे सैह्य नहुने बताए। निर्माण व्यवसायीहरुलाई सचेत गराउनु भया।
_x000D_
_x000D_
निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै ओलीले इमान्दार भएर मुलुक निर्माण गर्ने कार्यमा जुट्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
निर्माण व्यवसायीले उत्पादन कार्यलाई बढावा दिने गरी पूर्वाधार निर्माणको काममा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकास, उन्नति र समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै सबै क्षेत्रलाई योजनावद्ध ढंगले अघि बढ्न आह्वान गरे। सबै ढंगले उत्तम रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाका रुपमा विकास गर्ने दायित्व पूरा गर्न सबै पक्ष केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सार्वजनिक खरीद ऐन, मुलुकी अपराध संहिता (ऐन) लाई व्यवहारिक हुनेगरी संशोधन गर्न सरकारसँग माग गरे। उनले निर्माण व्यवसायीलाई जेल सजाय दिने सहितको मुलुकी अपराध संहिताबाट व्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै त्यसलाई संशोधन गर्न पनि प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए।
_x000D_
_x000D_
कार्यक्रममा जेष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानान्धरलाई सम्मान गरिएको थियो। तीन दिनसम्म चल्ने साधारण सभाले महासंघको ३ वर्षे कार्यकालका लागि भावी नेतृत्व चयन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।