काठमाडौं- नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघलाई महाधिवेशनको कार्यतालिका अनुरुप सिटिइभिटी, मावि, क्याम्पस इकाइका महाअधिवेशन गर्न निर्देशन दिएको छ।
_x000D_
_x000D_
संघको विधान र नियमावाली अनुरुप अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।
_x000D_
_x000D_
नेविसंघको १२औं महाधिवेशन कार्तिक १६ देखि १८ गतेसम्म हुने भएको छ। असोज ७ देखि मावि र क्याम्पसको अधिवेशन गर्ने संघले कार्यतालिका बनाएको छ।
_x000D_
_x000D_
दुई वर्षे कार्यकालमा महाधिवेशन हुन नसकेपछि संघको निर्देशक समितिले वर्तमान कार्यसमितिको कार्यकाल मंसिर २ सम्म थप गरेको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।