काठमाडाैं– प्रतिनिधिसभा अन्तर्गत रहेको लेखा समितिको सभापतिमा पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले मात्र उम्मेदवारी दिने निर्णय नेपाली कांग्रेसले गरेको छ।
_x000D_
_x000D_
दलहरुबीचको सहमति अनुसार समितिमा शाहको मात्र एकल उम्मेद्वारी पर्न लागेको हो। सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ।
_x000D_
_x000D_
शाह २०५६ साल यता तेश्रो पटक सांसद बनेका हुन्। उनले लगातार लेखा समिति रोज्दै आएका छन्। शाह २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री समेत भएका थिए।
_x000D_
_x000D_
२०२७ सालबाट नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका शाहले त्रिभुवन विश्वविद्यालयमा २०३८ सालमा एमबिए गरेका छन्।
_x000D_
_x000D_
संसदमा लेखा समितिको सभापति प्रतिपक्षले नेतृत्व गर्ने परम्परा छ। पहिलो संविधानसभामा माधवकुमार नेपाल नेतृत्व सरकारमा सत्ता साझेदार रहँदा कांग्रेसले लेखा समिति आफैंले राखेको थियो। कांग्रेसबाट रामकृष्ण यादव सभापति भएका थिए। उनले राजीनामा दिएनन्।
_x000D_
_x000D_
त्यस्तै तत्कालीन माओवादीले पनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला आफ्नै सांसद डोरप्रसाद उपाध्यायलाई सभापति बनाएको थियो।
_x000D_
_x000D_
सरकारले गर्ने खर्च र महालेखा परीक्षकको प्रतिवेदन हेर्ने मुख्य कार्य लेखा समितिको हो। शाह रुपन्देही ९ बाट संसदमा निर्वाचित सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।