• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

धुम्म मौसमले पर्यटनमा असर

64x64
रासस बुधबार, वैशाख १९, २०८१  २१:४०
1140x725

गण्डकी– पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ। वायु प्रदूषणले आकाश धुम्मिएको छ। नजिकैका डाँडाकाँडा पनि तुँवालोले ढाकिएका छन्। हवाई उडान नियमित नहुँदा पर्यटक आगमन रोकिएको छ।

लम्बिँदो सुक्खा यामका कारण डढेलो अनियन्त्रित रुपमा फैलिएको छ। पर्यटकले घुम्न रुचाउने याम यसै उराठलाग्दो बनेको छ। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले गत १० गतेयता घोरेपानी–पुनहिल क्षेत्रमा पर्यटकीय गतिविधि सुस्ताएको बताउनुभयो। ‘पदयात्राको याममा मौसम प्रतिकुल छ, हिमाल खुलेको छैन’, उनले भने, ‘चार/पाँच दिनदेखि पोखराको हवाई सेवा प्रभावित हुँदा विदेशी पर्यटक पनि आउन पाएनन्।’

नयाँ वर्षमा पर्यटकीय चहलपहल बढेकामा त्यसयता विस्तारै पर्यटकको आउजाउ घट्दै गएको पुनले बताए। 

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन्। तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट विश्वका १० अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत दर्जनौं हिमाल एकसाथ देख्न सकिने पुनले बताए। 

‘असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखको गुराँस फुल्ने याममा यहाँ धेरै पर्यटक आउँछन्’, पुनले भने।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले वातावरणीय प्रदूषणको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि परेको बताए। 

‘पर्यटक घुम्न र ठाउँ हेर्न आउने हो अहिले मौसम खुलेको छैन, हवाई उडान पनि प्रभावित बनेको छ, सडक मार्ग पनि उस्तै छ’, उनले भने, ‘एक सातायता पोखरामा पर्यटकको आगमन ह्वात्तै घटेको छ।’

Ncell 2
Ncell 2

बढ्दो वायु प्रदूषणले जनस्वास्थ्यसँगै अन्य मानवीय गतिविधिमा पनि असर पु¥याइरहको अध्यक्ष अधिकारीले बताए। चैत–वैशाखको याममा पदयात्रा गर्न विदेशी पर्यटक बढी आउने गरेकामा मौसमले चुनौती थपेको उनको भनाइ छ।

प्रतिकूल मौसमकै कारण कतिपय पर्यटकले यात्रा रद्द गरेको पर्यटन व्यवसायी बताउँछन्। गत महिना बेमौसमी झरीले पदयात्रा पर्यटन प्रभावित भएकामा अहिले सुक्खा याम र तुवाँलोले पर्यटन क्षेत्र प्रभावित बनेको हो। 

दोस्रो मुख्य पर्यटकीय याममै पर्यटकीय राजधानीको मौसम कयौँ दिनसम्म धुम्म हुँदा पर्यटन व्यवसायी निराश बनेका छन्। उनीहरु मौसम खुल्ने प्रतीक्षामा छन्। गण्डकी प्रदेश वन निर्देशनालयका अनुसार गत सोमबारसम्ममा प्रदेशका चार सय ६७ स्थानमा डढेलो लागेको छ। 

डढेलोले प्रदेशका नौ जिल्लाको करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ। सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए। 

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ। वायुमण्डलमा प्रदुषण बढ्नुमा डढेलोलाई प्रमुख कारक मानिएको छ। डढेलोले पर्यावरणीय स्वच्छतामा नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए। 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय सोमबार, पुस २८, २०८२
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्