• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सिपी लोहनी-गायक बनेर मुम्बई गएका थिए, नायक बनेर फर्किए

अशेष अधिकारी  मंगलबार, वैशाख १८, २०८१  १६:३२
1140x725

काठमाडौं– बीएस थापा र किशोर तिमिल्सिना त्यतिबेला सुनील दत्तको सिनेमा निर्माण कम्पनी 'अजन्ता आर्टस्'मा काम गर्थे । नेपाली भएका नाताले एक पटक नेपाली भाषामा सिनेमा बनाउने हुटहुटी थियो उनीहरुको थियो । त्यही हुटहुटीले विमानस्थलको भन्सारमा कर्मचारीसमेत रहेका गायक सीपी लोहनी अनायासै निजी क्षेत्रले निर्माण गरेको पहिलो सिनेमा 'माइतीघर'को नायक बनेका थिए । 

त्यो संयोगले उनलाई श्यामस्वेत पर्दामा त्यतिबेलाकी चर्चित बलिउड नायिका माला सिन्हासँग रिलमात्र होइन रियल जीवनको रंगीन जोडीसमेत बनाइदियो। यो सिनेमाका लागि गीत गाउन मुम्बई पुग्दासम्म उनलाई यसको कल्पनासम्म  थिएन।

उनै अभिनेता सिपी लोहनीको आज ८६ वर्षको उमेरमा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भयो। उनको निधनले नेपाली सिनेमाले आफ्नो इतिहासको एउटा भौतिक विरासत गुमाएको छ। उनको चर्चा विशेषगरी 'माइतीघर'का नायकका रुपमा धेरै हुने गरेको भए पनि उनी एक कुशल गायक,राष्ट्रिय स्तरका टेबुलटेनिस खेलाडीसमेत रहेको कुरा कमैलाई थाहा छ।

सिपी लोहनीका नामले परिचित उनको पूरा नाम चिदाम्बर प्रसाद लोहनी हो।  खेलाडीका रुपमा लोहनी सन् १९६० मा मुम्बईमा आयोजना भएको एशियाली टेबल टेनिस प्रतियोगितामा सहभागी भएको ६ सदस्यीय राष्ट्रिय टोलीका प्रमुख खेलाडी थिए।

खेल पत्रकार नविन अर्यालका अनुसार त्यतिबेला भाई वाइपी लोहनी पनि नेपाली टोलीमा समावेश  थिए। लोहनीको निधनपछि फेसबुकमा नेपाली खेलकुद र कलाकारिताका लागि दुखद दिन भन्दै सन् १९६० को चीन भ्रमणमा पनि उनी सहभागी भएको लेखेका छन। अर्यालका अनुसार सन् १९६१ मा पेकिङमा आयोजना भएको विश्व टेबल टेनिस प्रतियोगितामा पनि उनले उपस्थिति जनाएका थिए।

टेबलटेनिस खेलमा राष्ट्रिय विरासत बोकेका सिपीले सन् १९६६ मा रिलिज भएको 'माइतीघर' सिनेमाबाट अभिनयको विरासत पनि बोके।

गीत गाउन मुम्बई बोलाइएको थियो, नायक बनेर फर्किए
निर्देशक बिएस थापा र किशोर तिमिल्सिनाको नेपाली सिनेमा बनाउने प्रस्तावमा माला सिन्हा राजी भएपछि तिमिल्सिना निर्माता खोज्न नेपाल आए। मुम्बईमा उनीहरुले चिनेजानेका मानिसले नरशमशेर सिनेमाका लागि सम्भावित लगानीकर्ता हुनसक्ने सुझादिए।

सोही अनुसार तिमिल्सिनाले काठमाडौं आएर नर शमशेरसँग भेट गरे र सिनेमामा लगानी गरिदिन आग्रह गरे। तिमिल्सिनाको आग्रह पछि नेपालको दोश्रो आइजिपीसमेत रहेका नरशमशेरले सिनेमाको लागत सोधे। तिमिल्सिनाले डेढ-दुई लाखको बजेट लाग्ने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

जुद्ध शमशेरका नाति नर शमशेरका लागि यो कुनै ठूलो माथापच्ची गर्ने रकम थिएन।

उनी लगानी गर्न तयार भए।

छानिएको हिरो गायब भएपछि गायक बने नायक
बलिउडकी चर्चित हिरोइन मालाको नेपाली साइनो थियो। उनकी आमा नेपाली हुन भने उनका बाबु अल्बर्ट सिन्हा नेपाली भनेपछि विशेष अनुग्रह राख्थे। अल्बर्ट दार्जिलिङमा हुर्केबढेका र नेपाली युवतीसँग विवाह गरेकाले त्यसको प्रभाव माला सिन्हामा पनि थियो। नेपाल उनको मावली थियो। उनको यही साइनोले पनि उनी 'माइतीघर'मा काम गर्न राजी भएकी थिइन्। बाबु अल्बर्टले पनि छोरीलाई नेपाली सिनेमा खेल्न प्रेरित गरेँ।
 
नरशमशेर निर्माता बन्न तयार भएपछि हिरो कसलाई लिने भन्ने भयो। नरले मुम्बईमा हिरो कसलाई बनाउने भन्ने कुरा हुँदा भारतको लखनउमा पद्मशमशेर राणाको छोरीका छोरा भानुप्रतापलाई हिरो बनाउने प्रस्ताव राखे। रातो वर्णका भानु अग्ला र ज्यान परेका थिए।

भानु हिरो बन्ने पक्का भयो। सोही त्यही मिटिङमा गीत कसलाई गाउन दिने बारेमा पनि छलफल भयो। नर खेलकुदमा रुचि राख्ने व्यक्ति हुन्। नेपाली खेलकुदमा उनले राम्रो विरासत छोडेका छन्। खेलाडी भएकाले नरले सिपीलाई पहिलेदेखि चिन्थे।

त्यतिबेला उनी त्रिभुवन विमानस्थलमा भन्सारका हाकिम थिए। सुरक्षा जाँचका क्रममा नरशमशेर र उनकी श्रीमतीसँग भेट भयो । नरकी श्रीमतीले ठूलो झोलामा गहना बोकेकी थिइन। उनले नरले सिनेमा बनाउन लागेको र झोलामा त्यसैका लागि गहना बोकेको बताइन्।

पत्रकार नविन आर्यालले करिब चार वर्ष अघि एक अनलाइनका लागि लिएको अन्तरवार्तामा दिवंगत अभिनेता सिपीले 'माइतीघर'मा आफू गायक हुँदै नायक हुनेसम्मको संयोग कसरी जोडियो भनेर बताउने क्रम सोही समयमा ने सिनेमाको बारेमा पहिलोपटक सुनेको उल्लेख गरेका छन्।

'मैले ‘माइतीघर’ भन्ने फिल्म बन्न लागेको पहिलोपल्ट त्यहीँ सुनेको हुँ। झोला पल्टाएर यसो हेरेको, नेपाली संस्कृति झल्काउने पित्तलको गहना लान लागिएको रहेछ। रानीलाई डर थियो, सबै गहना एयरपोर्टमा त रोकिने होइन !'

नर सिपीको खेल कलासँगै गलासँग पनि परिचित थिए। उनले सिपीलाई कलेजमा गीत गाएको सुनेका थिए। मुम्बईमा भएको मिटिङमा सिपीलाई लोकगीत गाउन दिने निर्णय भयो। गीत प्रदिपप्रसाद रिमालले संकलन गर्ने भए। उनलाई मुम्बई गएर गीत गाउन बोलावट भयो।

काठमाडौंबाट डाकोटा विमानमा साढे दुई घण्टाको यात्रा तय गर्दै सिपी मुम्बई पुगे। उनको साथमा रिमाल र गायक प्रेमध्वज प्रधान पनि सिनेमाको गीत गाउन गएका थिए। गायिका अरुणा लामा पनि दार्जिलिङबाट आइन्।

मुम्बई पुगेपछि बिएस थापाले सोही दिन संगीतकार जयदेवको घरमा लगे। त्यहाँ उनले आशा भोषलेलाई भेटे। पछि सिपीको भोसले परिवारसँग राम्रै निटकता रह्‍यो।

'माइतीघर'को 'काला कुर्तैले ६ महिना जागिरै खायाँ' बोलको गीत सिपीको स्वरमा रेकर्ड भयो। जुन आजसम्म चर्चित छँदैछ। महिला स्वरमा यो गीतमा उनलाई अरुणा लामाले साथ दिएकी छन्।

गीत रेकर्डिङका चलिरहँदा नै बलिउडको व्यस्त समयतालिकाबाट मालाले समय निकालिन् । तर 'माइतीघर'मा त्यहीबेला एउटा नसोचेको झमेला आइलाग्यो। सिनेमा हिरो बनाउने भनेको मान्छे गायब भए। उनलाई नेपाली भाषा नै नआउने रहेछ। नर र बिएस थापालाई समस्या पर्‍यो। नयाँ हिरो कसलाई लिने त भन्दा बिएसले सिपीलाई हिरो बन्न प्रस्ताव गरे।

सिपी हिरो बन्न राजी भए। सिपीको रुचि अभिनयमा पनि थियो। कलेजका कार्यक्रममा गीत गाउनेसँगै नाटकमा समेत अभिनय गर्थे। यसरी गायकका रुपमा मुम्बई पुगेका सिपी नेपाल फर्किदा गायकसँगै नायक बनेर फर्किए।

गीत लेखनका सौखिन राजा महेन्द्र सिनेमाका लागि ‘जुन माटोमा मेरो जन्म लिने सौभाग्य भयो’ बोलको पहिलो गीत पनि लेखिदिए। सन् १९६४ मा सुटिङ भएको सिनेमा तयार हुन डेढ वर्ष लाग्यो भने बजेट पहिले अनुमान गरिएभन्दा ५ गुणा बढी। यो बढेको खर्चमा जनकपुरका व्यापारी जोगेन्द्र झाले पनि लगानी गरेपछि सिनेमा हलसम्म आइपुग्न पायो।

मालासँग अंकुरायो प्रेम, ३ चोटी गरियो विवाह
माइतीघर सिनेमाले सिपीलाई हिरोमात्र जुर्याएन, जीवनसंगीनीका रुपमा बलिउड अभिनेत्री माला सिन्हाको हातसमेत थमाइदियो। सिनेमाको सुटिङ चलिरहँदा नै उनीहरुबीच प्रेम अंकुराउन थालेको थियो। सिनेमामा किरण खरेलले लेखेको एउटा सर्वकालिन लोकप्रिय गीत छ- नमान लाज यस्तरी।

यही गीतका कारण सिपी र मालाबिच प्रेम झांगिन सुरु भएको थियो। सो कुरा गीतकार खरेलले पंक्तिकारलाई गीतको रचनागर्भको कुरा गर्ने क्रममा बताएका थिए।

'किरण तिम्रो गीतले त हो नी हाम्रो लभ परेको', माला सिन्हाले आफूलाई भनेको कुरा स्मरण गर्दै त्यतिबेला किरणले भनेका थिए।

माला र सिपीको प्रेममा मालाका बाबुको समर्थन थियो। उनी पन छोरीले आफ्नो पेसा भन्दा बाहिरको र भरसक एउटा कुनै पहाडी केटा नै होस् भन्ने चाहेका थिए। भयो पनि त्यस्तै, काठमाडौंका घरानिया परिवारका सिपी मालाका लागि सुहाउँदो वर थिए।

उनीहरुले बिबाह गरे। उनीहरुको एकपटक नभई तीन पटक विवाह भयो थियो।

इशाई परिवारकी छोरी भएकाले हिन्दू परिवारको केटासँग कुन प्रकारले विवाह गर्नेभन्दा मालाले नै सुरुमा हिन्दु, त्यसपछि इसाई परम्परा र अन्तिममा कानुनीरुपमा अदालती विवाह गर्न सुझाएकी थिइन्।

उनीहरुकोबाट एकमात्र सन्तान प्रतिभा सिन्हाको जन्म भएको छ। सुरुमा बिबाह गरेपछि माला सिन्हाले फिल्म खेल्न छोड्ने सर्त राखेको भएपनि उनले विवाहपछि पनि मालालाई सिनेमा गर्ने अनुमति दिए।

प्रभावशाली परिवारमा जन्म तर शक्तिबाट टाढा
सिपीका भतिजा दिपक लोहनीका अनुसार सिपीको जन्म विसं १९९५ सालको कोजाग्रत पूर्णिमाको भोलिपल्ट भएको हो। तनहूँ, पुरकोट पुर्ख्यौली थातथलो भएका सिपीका हजुरबुबा हर्क निधि नेपाली सेनामा मेजर थिए भने उनका बाबु दुर्गानिधि लोहनी चन्द्र शमशेरको पालामा तराईको तेजरथ कोठीमा सुब्बा थिए।

दिपकका अनुसार पुरकोटमा अझै पनि लोहनी परिवारको जग्गा छ।

दुर्गाका ६ भाइ छोरा र दुई छोरीमा सिपी ठाँइला सन्तान हुन्। सम्पन्न परिवारमा जन्मेका सिपीले त्रिचन्द्र कलेजबाट बिकमको पढाइ पूरा गरेका छन्। उनी भारतको दिल्लीको श्रीराम कलेजमा पनि थप अध्ययन गर्ने गएको भएपनि सो पूरा नगरी नेपाल फर्किए, लोकसेवा भिडे र भन्सारको सेक्सन अफिसर बने।

खेल र कलासँगै उनी कुशल र स्वच्छ छविका प्रशासकसमेत भएको उनको भतिजा दिपकले नेपाललाइभसँगको कुराकानीमा बताए।

'उहाँको संगीतप्रति असाध्य लगाव थियो, उहाँले शस्त्रीय संगीतसमेत सिक्नुभएको छ। हजुरबुबाले नै त्यसका लागि उस्तादहरुको प्रबन्ध गरिदिनुभएको थियो', उनले भने।

लोहनीका अनुसार सिपी २०२३ सालमा रघुपति जुटमिलको महाप्रबन्धक बने भने पछि विराटनगर जुट मिलमा पनि सेयरधनीका तर्फबाट डाइरेक्टर बने। आफ्नो समयमा समस्याग्रस्त बनेका दुबै जुटमिललाई आर्थिकरुपमा उकासेको दिपकको भनाइ छ।

आफ्ना ससुरा अल्बर्टको निधन नहुँदासम्म उनी नेपालमै बसेर काम गरे । ससुराको निधन भएपछि भने उनी मुम्बई बस्न थालेका थिए। यसबीच उनको नेपाल आउजाउ चलिरहेकै थियो।

दरवारिया पंडित खलकसँग पारिवारिक सम्बन्ध भएका सिपीको परिवारको नेपाली काँग्रेसका विपी कोइराला, एमाले नेता मनमोहन अधिकारीसँग पनि उनी निकट थिए। प्रभावशाली परिवारका सदस्य र राजनीतिक पहुँच राम्रै भएपनि उनले प्रत्यक्ष राजनीतिमा भने कहिल्यै चासो दिएनन्। 

'सिपी काकाको विपी कोइराला, मनमोहन अधिकारी लगायतका पूर्व प्रधानमन्त्रीहरुसँग निकट सम्बन्ध थियो। यसका बाबजुत उहाँलाई कहिल्यै सक्रिय राजनीतिले तानेन', दिपकले भने।

श्रीमती सिन्हाका सहकर्मी बलिउड कलाकारमाझ पनि प्रिय नै भएको दिपक बताउँछन्। नेपाल आएका बेलामा देवानन्द उनको घर नपसी नफर्किने गरेको दिपकको स्मरणमा छ। 

दिपकका अनुसार ठूलो लोहनी परिवारलाई सँधै समेट्ने उनको स्वभाव थियो। 'काठमाडौंमा हामीलाई जोड्ने उहाँ नै हो। दाजभाइ, दिदी बहिनी भाञ्जाभाञ्जी सबैलाई जमघट गराइरहनुहुन्थ्यो', उनले भने।

गायनमा जीवनको पछिल्लो समयसम्मै उनमा लगाव थियो। त्यसैले डिल्लीबजारस्थितमा उनले कलाकारहरुको जमघट गराइराख्थे। ७७ वर्षको हुँदासम्म गायनमा सक्रिय रहेका उनले त्यतिबेला शक्ति बल्लभ लगायतकासँगको सहकार्यमा 'पुनरागमन' एल्बम सार्वजनिक गरेका थिए।

त्यसको केही वर्षपछि सुरुमा सिपी लोहनीमा पार्किन्सनको समस्या देखियो। त्यसपछि उनलाई अल्जाइमरले पनि समात्यो। त्यसयता बेलाबेला निमोनियाबाट पनि पीडित बने। साता दिनअघि उनलाई पुन निमोनिया भइपछि अस्पताल लगिएकोमा यसपटक भने उनले निमोनियालाई जित्न सकेनन् र सधै‌का  लागि बिदा भए।

उनको यो विदाइले नेपाली कलाजगतले अहिले उनले गाएको 'एउटा तारा झर्दा पनि आकाश सिङगै रित्तो लाग्छ' जस्तो महसुस गरिरहेको छ।

(नोटः यो विभिन्न समयमा प्रकाशित तथा प्रसारित लेख रचना तथा कुराकानीमा आधारित भएर तयार पारिएको सामग्री हो)

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप
सरकारको कार्यसम्पादनमाथि हर्कराज राईको आरोप : सहकारी पीडितले पैसा पाएनन्, अस्पतालमा उपचार छैन
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’
सम्बन्धित सामग्री
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासनालाई टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन श... आइतबार, साउन ३१, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप मंगलबार, भदौ २, २०८३
सरकारको कार्यसम्पादनमाथि हर्कराज राईको आरोप : सहकारी पीडितले पैसा पाएनन्, अस्पतालमा उपचार छैन मंगलबार, भदौ २, २०८३
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्