काठमाडौं- अवैध सुनसहित एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको छ।
_x000D_
_x000D_
हिमालयन एयरको विमानमा कतारको दोहाबाट नेपाल आएका बाराका २५ वर्षीय आनन्दमोहन सिंहलाई अवैधानिक तवरले भित्र्याउन खोजिएको १ सय ग्राम सुनसहित पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनले ५०/५० ग्रामका २ थान सुनको ल्याएका थिए। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।