इलाम-इलाम- २ मा शनिबार भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
उनले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएकोमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।