काठमाडौँ- इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारले प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा निकै अगाडि देखिएका छन्। आधा भन्दा बढी मत गनिसक्दा सुहाङ खड्काभन्दा ५५ सय बढी मतले अगाडि बढेका छन्।
एमालेका उम्मेदवार सुहाङले १६ हजार २१९ मत पाएका छन्। उपनिर्वाचनमा खसेको ६९ हजार २८७ मतमध्ये ३९ हजार ९६१ मत गणना हुँदा नेम्बाङभन्दा धेरै पछि रहेका खड्काले १० हजार ५५७ मत ल्याएका छन्। दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ छ।
खड्कालाई स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन्। चौथो स्थानमा रहेका रास्वपाका उम्मेदवार मिलन लिम्बुले भने २ हजार ८ सय ३ मत मात्र प्राप्त गरेका छन्।
हालसम्म माङसेबुङ, फाकफोकथुम ,चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाको मतगणना सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।