बझाङ- बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४१ मतले अग्रता लिएका छन्। उनले ८ हजार चार सय ६ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १ सय ६५, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार ११३ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार २ सय ६६ मत पाएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताएका छन्।
बझाङ प्रदेशसभा (क) मा मा भएमको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । सो क्षेत्रमा ६१ हजार सात सय ४८ मतदाता रहेका थिए । उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।