काठमाडौैं- बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुदेखि अग्रता लिएका नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंह अघि लागेका हुन्।
कांग्रेसका सिंहले ७ हजार ४९२ मत पाएका छन्। एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका हुन्।
माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मतसहित तेस्रो नम्बरमा छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् र राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।