इलाम- इलाम-२ मा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अगाडि देखिएका छन्।
प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि रहेकोमा अहिले सुहाङ अगाडि लागेका छन्।
मत परिणाम अनुसार सुहाङले ३ हजार २४९ मत पाएका छन् भने खड्काको २ हजार ४६९ मत रहेको छ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ४३४ मत ल्याउँदै चौथो नम्बरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।