काठमाडौँ- बझाङको प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन्। जारी मतगणना अनुसार एमालेका भण्डारी १ हजार ८ सय २ मत ल्याउँदै अग्रस्थानमा छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई उछिन्दै माओवादी केन्द्रका जनकबहादुर बुढा दोस्रो स्थानमा उक्किएका छन्। कांग्रेसका सिंहले १ हजार १ सय २८ मत ल्याउँदा माओवादी केन्द्रका बुढाले १ हजार २ सय ७४ मत प्राप्त गरेका छन्।
यस्तै एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह भने ७२० मत प्राप्त गरी चौथो स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।