छेन्दु, चीन- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तको राजधानी छेन्दु आइपुगेका छन्। सिए ४३८ नं को एयर चाइना विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे उनी छेन्दु आइपुगेका हुन्।
_x000D_
_x000D_
उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमान स्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरे। उपराष्ट्रपति छेन्दुमा बिहीबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन आएका हुन्। उनले बिहीबार बिहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह बेल्ट एन्ड रोड सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
_x000D_
_x000D_
आजै उच्चस्तरीय भेट
_x000D_
उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आजै उनी चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्रिभोजमा सहभागी हुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।