इलाम-इलाम २ को मतगणना गर्नका लागि अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । मतगणना हिजैदेखि सुरु गर्ने भनिएकोमा मत पेटिका ल्याइपुर्याउन ढिलाइ भएपछि अहिले बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो ।
सबै प्रक्रिया पुरा गरेर गणना सुरु गर्न ११ बज्ने लाग्ने जनाइएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले मतगणना स्थलमा सबै मतपेटिका आई पुगेको र उच्च सुरक्षा साथ मत पेटिका राखिएको जानकारी दिएका छन् । मतगणनाका लागि इलामको गौतम बुद्ध सभा हलका दुई स्थानमा तयारी गरिएको छ भने मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तार बेरा गरी सिसी टिभी जडान गरिएको छ ।
इलाममा हिजो सम्पन्न उप निर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता मध्ये ६९ हजार दुई सय ८७ (५९ दशमलव ७९ प्रतिशत) मतदाताले मतदान गरेका छन् । इलाम २ मा स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार मैदानमा छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।