काठमाडौं- इलाम- २ मा शनिबार भइरहेको उपनिर्वाचनमा एमालेका उम्मेदवार रहेका सुहाङ नेम्वाङले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।
मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो घरदैलको क्रममा जनताले गरेको माया, विश्वास र प्रतिक्रियाबाट आफू निश्चिन्त रहेको बताए।
उनले विशेष परिस्थितिमा निर्वाचन भएको भन्दै मतदानपछि आफूमा उत्साह महसुस भइरहेको बताए।
२०७९ मंसिर ४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको निधन भएपछि भएको उपनिर्वाचनमा एमालेका तर्फबाट सुवासकै छोरा सुहाङ उम्मेदवार बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।