काठमाडौं- साढे ३३ किलो सुन तस्करी र समन शाक्य हत्या काण्डबाट गुमेको नेपाल प्रहरीको साख कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछिको अनुसन्धानसम्म आइपुग्दा झनै गुमेको छ।
_x000D_
_x000D_
थुप्रै जटिल अपराधको सफल अनुसन्धान गरेर वाहवाही पाएको प्रहरी अहिले आलोचित बनेको छ। अपराधी पक्राउ गर्नुको साटो उल्टै ढाकछोप गरेको प्रहरीलाई आरोप लाग्दै आएको छ। केही दिनअघि कोटेश्वर काँडाघारी प्रहरी कार्यालयका ९ जना प्रहरीलाई घुससहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि संगठनका इमानदार प्रहरी कर्मचारी लज्जित नै भए।
_x000D_
_x000D_
आइजिपी सर्वेन्द खनालले परिसर र मातहतका सबै प्रहरी कार्यालयका प्रमुखलाई बोलाएर झपारेनन् मात्रै उनले काम गर्न नसक्ने भए जागिरै छाडेर जान सुझाव दिए। ‘काम गर्न नसक्नेको प्रहरी संगठनमा काम छैन, जागिर छाडेर जाँदा हुन्छ’ नेपाल पुलिस क्लबमा उपत्यकाका सबै कार्यालय प्रमुखलाई भेला गरेर आइजिपी खनालले भनेका थिए।
_x000D_
_x000D_
यसरी आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कारवाहीको दायरामा समेत ल्याएको छ। कतिपयलाई नोकरीबाट समेत हटाइएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताए।
_x000D_
_x000D_
प्रहरी कर्मचारीले गरेको अनैतिक कामको प्रकृति हेरी नोकरीबाट हटाउने, भविष्यमा सरकारी जागिरमा अयोग्य हुनेगरी बर्खास्त गर्ने, नसिहत दिने, ग्रेड रोक्का गर्ने, ग्रेड घटुवा, बढुवा रोक्का, पद घटुवा, निलम्बन लगायत कारबाही गरिएको छ।
_x000D_
_x000D_
४ महिनामा ४९५ प्रहरी कारबाहीमा
_x000D_
गत बैसाखदेखि साउन महिनासम्म ४ महिनाको अवधिमा ४ सय ९५ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको आरोपमा प्रहरी प्रधान कार्यालयले २ जना एसएसपी, १ एसपी, २ डिएसपी, १ जना र १ जना जवान गरी ७ जनालाई निलम्बन गरेको थियो।
_x000D_
_x000D_
उनीहरुसहित बैसाखमा १ सय ६५ प्रहरी कर्मचारी कारबाहीमा परेका थिए। जसमा २ एसएसपी, २ एसपी, २ डिएसपी, २ प्रहरी निरीक्षक, ६ असई, ६ सई, २२ हबल्दार, १ सय २० प्रहरी जवान र ३ कार्यालय सहयोगी छन्। कारबाही भएका मध्ये २४ जनालाई नोकरीबाट हटाइएको छ।
_x000D_
_x000D_
जेठमा २ प्रहरी निरीक्षकदेखि ३६ प्रहरी कारबाहीमा परे। जसमा २ प्रहरी निरीक्षक, २ सई, ८ असई, ७ हबल्दार, १६ प्रहरी जवान र १ कार्यालय सहयोगी छन्। उनीहरु १० प्रहरी जवान र २ हबल्दार गरी १२ जनालाई नोकरीबाट हटाइएको छ।
_x000D_
_x000D_
असारमा १ सय ६५ जना प्रहरी कर्मचारी कारवाहीमा परेका थिए। ३ प्रहरी निरीक्षक, १६ सई, ११ असई, १२ हबल्दार, १२१ जवान र २ कार्यालय सहयोगीले कारवाही भोगेका छन्। ४ जना सईसहित २४ जनालाई नाकरीबाट हटाइएको छ।
_x000D_
_x000D_
साउनमा २ डिएसपी, ८ सई, ७ असई, १६ हबल्दार, ९३ प्रहरी जवान र ३ कार्यालय सहयोगीसहित १२९ जना कारवाहीमा परेका छन्। उनीहरु १ जना सई, १४ जना हबल्दार, १५ जवान र २ कार्यालय सहयोगी गरी ३२ जनालाई नोकरीबाट हटाइएको छ।
_x000D_
_x000D_
कारबाही भोग्ने अधिकांश तल्लो दर्जाका प्रहरी कर्मचारी छन्। तल्लो दर्जाका प्रहरी कर्मचारीहरु सानोतिनो घुसमै लोभिने, नागरिकसँग बढी घुलमिल हुने गरेकाले मुद्दा मामला मिलाउनका लागि रकम माग गर्ने, आचारण अनुसार काम नगर्ने गरेका कारण कारवाहीमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।
_x000D_
_x000D_
तर, अघिल्लो वर्षमा भन्दा यो वर्ष कारबाहीमा पर्ने कर्मचारीको संख्या भने केही कमी भएको छ। अघिल्लो वर्षकै यही चार महिनामा ७ सय २२ प्रहरी कर्मचारी कारवाहीमा परेका थिए। अहिले यो संख्या घटेर ४ सय ९५ मा झरेको छ। यसलाई अझ कममा झार्ने योजना प्रहरी प्रधान कार्यालयको छ।
_x000D_
_x000D_
प्रहरी प्रधान कार्यालयले १० बुँदे संगठन सुधारको कार्ययोजना समेत अघि सारेको छ।
_x000D_
_x000D_
जसमा संगठनको संघीय संरचना सहज र औचित्यपूर्ण व्यवस्थापन, प्रहरी कर्मचारीको व्यवसायिकता, पारदर्शीता र निष्ठामा उत्कृष्ठता, सांगठनिक सदृढीकरण, आन्तरिक शुद्धिकरण, भ्रष्टाचारमाथि शून्यसहनशीलता, प्रहरी कर्मचारीको मनोबल उच्च र प्रहरी संगठनलाई नमुना संगठन बनाउनेलगायत योजना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।