काठमाडौं- गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले दुई मन्त्रीको जिम्मेवारी तोकेका छन्। शनिबार बिहान उनले मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।
मुख्यमन्त्री अधिकारीले हरिबहादुर चुमानलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। चुमान माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्।
त्यस्तै, राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका सांसद सांसद हुन्।
मुख्यमन्त्री अधिकारीले गत चैत २५ मा सपथ ग्रहण गरेका थिए। त्यतिबेलै उनले चुमान र मनाङेलाई विना विभागीय मन्त्रीको रुपमा नियुक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।