काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो।
भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको गृहमन्त्री लामिछानेले बताए। उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिए।
उनले भने, ‘सामान्य बैठक हो। अहिलेको सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ। सुदूरपश्चिममा एउटा समझदारीमा गइसकेको कुरा हो। त्यसमा कहिलेकाहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो। हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन।’
उनले प्रदेशका समस्याले संघ सरकारमा कुनै समस्या नपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।