• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा नाउपा : 'अभागीलाई खाने बेलामा रिस उठ्छ'

64x64
सक्षम मानन्धर बुधबार, वैशाख ५, २०८१  १६:४४
1140x725

काठमाडौं– पार्टीभित्रको विवादका कारण करिब दुई तिहाइको सरकारबाट बाहिरिनुपरेपछि २०७८ मंसिर ११ मा ओलीले भनेका थिए- हाम्रो पार्टी दुई तिहाइ नजिक पुगेको थियो। तर अभागीलाई खाने बेलामा रिस उठ्छ भनेझै हाम्रा केही अभागी साथीहरुलाई रिस उठ्यो। भूइँमा पछारे।

२०७८ मा सत्ता तानातानमा तत्कालीन जसपामा अध्यक्ष महन्थ ठाकुर पनि प्रधानमन्त्री बन्ने चर्चा चलेको थियो। सम्भावना पनि देखिएको थियो। तर उनी प्रतिनिधि सभा विघटनकर्ता केपी ओलीको पक्षमा उभिए। र त्यो अवसर नजिक पर्न दिएनन्। त्यसैप्रति कटाक्ष गर्दै २०७८ साउन ३ मा सोही पार्टीका डा बाबुराम भट्टराईले भनेका थिए- अभागीलाई खाने बेलामा रिस उठ्छ भन्ने भनाइ छ। जनता समाजवादी पार्टी एक ढिक्का भएको भए आफैंले निकास दिन सक्थ्यो। हामी बहकियौँ।

राजनीतिमा यस्ता व्यंग्य र कटाक्षको शृंखला लामै बन्छ। किनकि, मुखमै आइसकेको अवसर आफ्नै कारणले गुमाउने घटना नेपालको राजनीतिमा नयाँ होइन। अलिकति ध्यान नदिँदा, नसम्हालिँदा, रिस देखाउँदा, आफूहरूबीच नै प्रतिशोधको भावना लिँदा अवसरहरू गुमिरहन्छन्। र उखान सार्थक हुन्छ- 'अभागीलाई खाने बेलामा रिस उठ्छ।'

त्यस्तै भएको छ यतिबेला सुदूरपश्चिममा। त्यहीँको भूगोललाई केन्द्र बनाएर, त्यहीँका मानिसलाई आधार बनाएर उदाएको नागरिक उन्मुक्ति पार्टीले त्यहीँको भूगोलमा मुखमै आइसकेको अवसरबाट वञ्चित हुनुपरेको छ।

गत फागुनमा संघीय सत्ता गठबन्धन परिवर्तन भएपछि नागरिक उन्मुक्ति पार्टीभित्र विवाद उत्पन्न भएको थियो। जसले गर्दा सुदूरपश्चिमको संसदीय दल संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षमा विभाजित भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार सत्ता गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नाउपालाई दिने सहमति गरेको थियो। त्यसपछि एकीकृत समाजवादीको असन्तुष्टि थियो। उसले त्यहाँ पहिलो चरणमा आफूहरूले नै मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेको थियो। तर गठबन्धनले नाउपाको नाममा सहमति गरिसकेपछि सोही पार्टीले मुख्यमन्त्री पाउने निश्चित जस्तै थियो। किनकि, प्रदेश सभामा त्यतिबेला ५१ सांसद थिए (एकको मृत्यु, एक पदमुक्त)। बहुमतका लागि २६ सांसद भए पुग्थ्यो। नाउपाका तत्काल कायम ६ (कुल ७ मध्ये एक पदमुक्त, एक सांसदलाई निलम्बन गरिएको भए पनि त्यसले प्रक्रिया पूरा गरिसकेको थिएन), माओवादी केन्द्रका सभामुखबाहेक १० र एमालेका १० गरी त्यो संख्या पुग्थ्यो पनि। स्वतन्त्र सांसद तारा जोशी पनि यही पक्षलाई सघाउन तयार थिए। केबल खाँचो थियो, नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक एकता र होशियारी।

तर काठमाडौंमा नाउपाले मुख्यमन्त्री पाउने सहमति भए लगत्तै धनगढीमा नाउपा संरक्षक रेशम चौधरी पक्षधरले कांग्रेस र एकीकृत समाजवादीसँग सहमति गरी फरक समीकरण निर्माण गरे। लगत्तै सो पक्षबाट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरे।

काठमाडौंमा सहमति गर्ने र वर्तमान सत्ता गठबन्धनसँग मिलेर अघि बढ्न चाहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफू निकट कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन चाहेकी थिइन्। त्यसका लागि उनले कैलाशलाई संसदीय दलको नेता पनि बनाइसकेकी थिइन्। तयारी अनुसार कैलाशले एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेश : नेकपा एसलाई दाबी पेस गर्ने अवसरका लागि नाउपाका दुवै दाबी अस्वीकार

नाउपाकै संसदीय दलको समर्थनसहित नाउपा सांसदकै दोहोरो दाबी पेश भएपछि प्रदेश प्रमुखले तत्काल निर्णय लिएनन्। उनलाई परामर्शका नाममा केन्द्रीय सत्ताको इशारा बुझ्न समय उपलब्ध भयो। यसबीचमा केन्द्रमा नयाँ चलखेलका लागि पनि समय उपलब्ध भयो। एकीकृत समाजवादीले दुवै दाबी अस्वीकार गर्दै मुख्यमन्त्रीका लागि पुनः आह्वान गराउने रणनीति अख्तियार गर्‍यो। संघीय सत्ता गठबन्धनमा दबाब सिर्जना गर्‍यो। एमाले र माओवादी केन्द्रलाई आफ्नो पक्षमा लतार्‍यो।

परिणामतः मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनाल र रञ्जिता श्रेष्ठसँग संवाद गरेका थिए। त्यहीँ नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने र नाउपाले सघाउने समझदारी पनि भयो। काठमाडौंमा सबै तारतम्य मिलेपछि मंगलबार साँझ नै सुदूरपश्चिम प्रदेशमा प्रमुख नजिर मियाँले दुवै दाबी अस्वीकार गर्दै पुनः दाबी गर्न वैशाख ५ गतेसम्मको नयाँ समय उपलब्ध गराएका छन्।

यसबीचमा नाउपाको मुखमै आइसकेको मुख्यमन्त्री पद भने गुमाउने पक्का भइसकेको छ। नाउपाका एक नेताले आफूहरूकै कमजोरीका कारण पाउनै लागेको अवसर गुमेको प्रतिक्रिया दिए। 'हामी नै एकजुट हुन सकेनौँ। हामी नै मिल्न सकेनौँ', उनले भने, 'आपसमा झगडा गरेपछि अर्कोलाई खोस्न सजिलो भयो। तपाईंहरूकोमा विवाद छ भनेर हामीलाई नै दोष दिँदै एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन उहाँहरूलाई सजिलो भयो। हामीले प्रतिवाद गर्ने र अडान लिन सक्ने अवस्था पनि बनेन। राजनीतिमा कहिलेकाहीँ यस्तो हुँदोरहेछ।'

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु उनका अनुसार, उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्