• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो

64x64
सक्षम मानन्धर बिहीबार, वैशाख ६, २०८१  १५:५८
1140x725

काठमाडौं- लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। बिहीबार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले एकै दिन दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

बिहीबार उनले पहिलो चरणमा एमालेका भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री महराले गत चैत २५ गते मन्त्री नियुक्त गरेका तीन जना मन्त्रीलाई मन्त्रालय पनि तोकेका थिए। जसअनुसार, चेतनारायण आचार्य, दिपेन्द्रकुमार पुन र भण्डारीलाल अहिरले क्रमशः आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाए।

बिहीबारको विस्तारसँगै सरकारमा माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको सहभागिता भएको थिए। मन्त्रीको संख्या पनि १० पुगेको थियो। यसअनुसार, मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो।

यतिञ्जेल एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने अडानमा थिए, मुख्यमन्त्री महरा। तर एकीकृत समाजवादीकी भगवती अधिकारीले मुख्यमन्त्रीसमक्ष असन्तुष्टि जनाएपछि उनलाई पनि विना विभागीय मन्त्री नियुक्त गरिएको थियो। बिहीबार पहिलो विस्तार भएको दुई घण्टापछि नै दोस्रो विस्तार भएको सूचना प्रकाशित भएको थियो।

गत चैत २२ गतेको सात बुँदे सहमति कार्यान्वयन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने र एकीकृत समाजवादीलाई गरिएको अपमानको असर अन्य प्रदेशमा पनि पर्ने अधिकारीको चेतावनीपछि मुख्यमन्त्री महरा उनलाई मन्त्री नियुक्त गर्न बाध्य भएका हुन्।

चैत २२ गते चार दल र स्वतन्त्र सांसदबीच भएको पाँच बुँदे सहमति सार्वजनिक गरिएको भए पनि सात बुँदे सहमति भने गोप्य राखिएको थियो।

सो गोप्य सहमतिमा शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था जनता समाजवादी पार्टीको नेतृत्वमा गठन गर्ने, नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने, स्वतन्त्र प्रदेश सभा सदस्य (खडग बस्नेत) लाई सरकारमा सहभागी गराउने उल्लेख थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

एकीकृत समाजवादीकी अधिकारीले सोही सहमति कार्यान्वयन गर्न मुख्यमन्त्रीलाई दबाब दिएकी हुन्।

लुम्बिनीमा मन्त्रालयको संख्या अहिले १० मात्रै छ। बिहीबारको विस्तारसँगै मुख्यमन्त्री/मन्त्रीको संख्या ११ पुगेको छ। जसअनुसार मन्त्रालयको संख्या ११ पुग्ने निश्चित भएको छ। अर्कोतर्फ, गठबन्धनमा भइरहेको किचलोले मन्त्रालयको संख्या अझै बढ्ने सम्भावना बढेको छ।

चैत २२ मा सहमति हुँदा जसपालाई नै दुई वटा मन्त्रालय दिने भनिएको थियो। तर अहिलेसम्म जसपाले एउटा मन्त्रालय मात्रै पाएको छ। सो पार्टीबाट एक जना मात्रै मन्त्री भएका छन्।

त्यस्तै, नाउपाले पनि दुई वटा मन्त्रालय माग गरिरहेको छ। उसको तर्फबाट एक जना मात्रै मन्त्री भएका छन्।

Xtrem

Xtrem

एमालेले ५ र माओवादी केन्द्रले ३ मन्त्रालय राख्ने सहमति पनि छ। मन्त्रिपरिषद्मा अहिले एमालेबाट ५ जना मन्त्री भइसकेका छन्। माओवादी केन्द्रबाट मुख्यमन्त्रीका अतिरिक्त एक जना मन्त्री नियुक्त भइसकेका छन्। साथै, जसपाका एक, नाउपाका एक, एकीकृत समाजवादी एक र स्वतन्त्र एक गरी मन्त्रीहरूको संख्या ११ पुगेको हो।

अब माओवादी, जसपा र नाउपाका मन्त्रीहरू थपिए मन्त्रालयको संख्या १३ देखि १५ सम्म पुग्ने देखिन्छ।

२०७४ मा प्रदेश सरकार सुरु हुँदा लुम्बिनीमा सात वटा मात्रै मन्त्रालय थिए। तर प्रदेश सरकारहरू बन्ने र भत्किने क्रम सुरु भएसँगै सबै दल र त्यहाँभित्रका आकांक्षीहरूलाई भाग पुर्याउन मन्त्रालय विभाजन गर्ने अभ्यास सुरु भएको थियो। कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशमा १३ मन्त्री बनाइए। चार राज्यमन्त्रीसहित मन्त्रिपरिषद्को संख्या १७ सम्म पुगेको थियो। तर २०७९ को निर्वाचनपछि एमालेका लीला गिरीको पालामा मन्त्रालयको संख्या सुरुमा १२ र पछि १० मा झारिएको थियो। राज्यमन्त्री पनि नराख्ने भनिएको थियो। तर सो सरकार लामो समय चलेन।

गिरीपछि मुख्यमन्त्री भएका कांग्रेसका डिल्लीबहादुर चौधरीका पालामा मन्त्रालयको संख्या बढाउन दबाब बढेको थियो। उनी तयार पनि भएका थिए। तर कांग्रेसभित्रकै विरोधका कारण मन्त्रालय बढाउन सम्भव भएन।

तर गत फागुन/चैतमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या पुनः बढ्ने भएको हो।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्