• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिम प्रदेश

अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?

64x64
सक्षम मानन्धर बिहीबार, वैशाख ६, २०८१  ११:५२
1140x725

काठमाडौं- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको दोस्रो समयावधि बिहीबार बेलुका ५ बजे सकिँदैछ। दोस्रो समयावधि एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्ने अवसर प्रदान गर्नका लागि थप गरिएको थियो। तर सो पार्टीबाट मुख्यमन्त्रीका रुपमा अघि सारिएको दीर्घ सोडारीको नामप्रति एमालेको असहमति छ।

बिहीबार बिहानसम्म एमालेले सोडारीको नाममा समर्थन गरेको छैन। नगर्ने अडान पनि राखिरहेको छ। यद्यपि, आफूहरू केन्द्रको निर्देशन कुरिरहेको सुदूरपश्चिम प्रदेशका एक एमाले सांसद बताउँछन्। 'सोडारीको नामका विषयमा सुरुमा केन्द्रबाटै असहमति राखिएको हो', उनले भने, 'त्यसैले अहिले हामीहरू केन्द्रकै निर्देशन कुरिरहेका छौँ।'

एकीकृत समाजवादीले पनि सोडारीका नामप्रति एमालेको असहमति रहेको स्वीकार गरेको छ। तर मुख्यमन्त्री आफ्नो पार्टीले पाउने भएपछि आफ्नो पार्टीको तर्फबाट को मुख्यमन्त्री बनाउने भन्ने अधिकार पनि आफूहरूकै भएको सुदूरपश्चिम प्रदेशका सो पार्टीका एक सांसदले बताए। 'हाम्रो पार्टीबाट फलानोलाई मुख्यमन्त्री नबनाऊ, फलानोभन्दा फलानो राम्रो भन्ने कुरा स्वीकार हुँदैन', उनले भने, 'अर्को पार्टीभित्र खेल्ने काम राजनीतिक होइन। कि, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिँदैनौँ भनेर खुलेर भन्नुपर्‍यो।'

nimb
nimb

गत आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले नाउपालाई मुख्यमन्त्री दिने निर्णय लिएको थियो। त्यस निर्णयप्रति एकीकृत समाजवादीले असन्तुष्टि राखेको थियो। तर त्यसअघि नै एकीकृत समाजवादीलाई सोडारीको विकल्प खोज्न भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्देश दिएको र त्यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दोहोर्‍याएको नेताहरूको भनाइ छ।

एकीकृत समाजवादीले सोडारीको विकल्प खोज्न नमान्दा नै गठबन्धनको बैठकले नाउपाको नाममा निर्णय गरेको थियो। तर गठबन्धनको निर्णय अनुसार परिस्थिति अगाडि बढेन। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफू निकटका नेता कैलाश चौधरीलाई एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न पठाउनुअघि नै धनगढीमा फरक समीकरण निर्माण भएको थियो। त्यहाँ नाउपाका संरक्षक रेशम चौधरी पक्षले कांग्रेस र एकीकृत समाजवादीसँग समीकरण बनाइ लक्ष्मणकिशोर चौधरीलाई दाबी पेस गर्न पठाएका थिए। त्यसपछि मात्रै कैलाशको दाबी पेस भयो।

गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीको असन्तुष्टि रहेको भए पनि कांग्रेससँग मिलेर समीकरण बनाउने कुराले एमाले र माओवादी केन्द्रलाई चिढ्यायो। ओलीले त सार्वजनिक रुपमै एकीकृत समाजवादीले सुदूरपश्चिममा अराजनीतिक निर्णय लिएको भन्दै कटाक्ष गरे। सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्डले भने खुलेर प्रतिक्रिया दिएका छैनन्। उनले आफ्नो सत्तामा आउन सक्ने संकट आकलन गर्दै मौन बसे। साथै, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिलाउने वातावरण बनाउँदै लगे। सोही अनुसार मंगलबार नाउपाका दुवै दाबी अस्वीकार भयो। र नयाँ मिति राखेर आह्वान भयो।

दीर्घ सोडारी पहिल्यैदेखि विवादित व्यक्ति भएकाले उनको नामप्रति एमालेको असन्तुष्टि थियो नै। गत आइतबार कांग्रेससँग समीकरण बनाउन अगुवाइ गरेपछि एमाले झनै चिढिएको छ। सोडारीले पनि एमाले र अध्यक्ष ओलीलाई लक्षित गरेर कडा अभिव्यक्ति दिइरहेका छन्। त्यसले पनि दुरी बढाउन भूमिका खेलेको छ।

'उहाँहरूको छनौटको विषय हो- दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद', एमालेका ती सांसद भन्छन्, 'अहिलेको परिस्थिति त्यही हो। पार्टी केन्द्रले आफ्नो मान्यतामा पुनर्विचार गर्‍यो भने त्यही अनुसारको परिस्थिति बन्ला।'

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमाले पूर्वसांसद इच्छाराज तामाङसहित १७  जनालाई ठगी मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको भ्रमणमा के देखे प्रधानमन्त्री बालेनले? नुवाकोटको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी... बिहीबार, भदौ ११, २०८३
नुवाकोटबाट फर्किएपछि बालेन्द्र शाहले भने– ‘सरकार निरन्तर मैदानमा छ’ प्रधानमन्त्री शाहले प्रत्येक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउन... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाढी प्नभावित क्षेत्रमा एनसेलले १४ वटा मोबाइट टावर पुनः सञ्चालनमा ल्यायो बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘डिजास्टर म्यापिङ’ गरिने, जग्गाको क्षति विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी बिहीबार, भदौ ११, २०८३
झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, पाँच लाखलाई खोप लगाउने तयारी बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी : राहत र उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ६९ पटक उडाइयो हेलिकप्टर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्