• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्रीका लागि पुनः आह्वान गराउने रणनीतिमा एस, सोडारीको विकल्प खोज्न प्रचण्ड-ओलीको सुझाव

64x64
सक्षम मानन्धर मंगलबार, वैशाख ४, २०८१  १२:०५
1140x725

काठमाडौं- मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका नाममा निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई दीर्घ सोडारीको विकल्प खोज्न सुझाएको सोही पार्टीका एक नेताले बताएका छन्। सोडारी एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता हुन्।

सोडारीको विकल्प खोज्न भनेर सो पार्टीको नेतृत्वलाई एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले गरेको आग्रह अस्वीकार गर्दा आइतबार नाउपाको पक्षमा निर्णय भएको उनले बताए।

'सोडारी विवादित हुनुहुन्छ। उहाँको विकल्प खोज्नुस्। त्यसो गर्न सक्नुभयो भने तपाईंहरूले नै पहिलो कार्यकाल मुख्यमन्त्री पाउनुहुन्छ', एकीकृत समाजवादीलाई प्रचण्ड र ओलीले दिएको सन्देश उद्धृत गर्दै ती नेताले बताए।

यस्तो सन्देश प्रष्टसँग राख्नेमा ओली अगाडि छन्। उनले सोडारीका नाममा एमालेले समर्थन दिन नसक्ने पनि प्रष्ट पारेका छन्। प्रचण्डले भने ओलीलाई देखाएर एकीकृत समाजवादीसँग कुरा गर्ने गरेका छन्।

सोडारी तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए। तर उनी बर्खास्त भएका थिए। त्यतिबेला सोडारीले पद अनुकुलको आचरण नगरेको तथा पार्टीको सुझाव अटेर गरेकाले तत्कालीन नेकपाको सुदूरपश्चिम कमिटीले दिएको निर्देशन अनुसार मुख्यमन्त्री भट्टले उनलाई बर्खास्त गरेका थिए।

सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल निकट उनलाई त्यतिबेला पार्टीको प्रदेश कमिटीका पदाधिकारीको बैठकले साधारण सदस्यबाट निश्कासन गरिदिएको थियो।

त्यतिबेला सोडारीका आर्थिक तथा चारित्रिक कमजोरी प्रकट हुने उजुरी तथा अडियो आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनलाई कारबाही गरेको सार्वजनिक भएको थियो। एउटा आपत्तिजनक अडियो त प्रधानमन्त्री ओलीसहितका नेताले बालुवाटारमा सुनेको पनि सार्वजनिक भएको थियो।

एमालेभित्र ओली विपरीत कित्तामा रहेका सोडारीले एमाले विभाजनको बेलामा सुदूरपश्चिममा सशक्त भूमिका खेलेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

'तिनै कारणहरूले गर्दा ओलीले सोडारीको नाममा विमति राख्नुभएको होला', ती नेताले भने।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालसँग भेट गरेका थिए। 'भेटमा प्रधानमन्त्रीले सोडारीको विकल्प खोज्न सल्लाह दिनुभएको छ भन्ने जानकारी पाएको छु', खनाल निकट एक नेताले भने।

तर आइतबारै प्रदेश प्रमुख समक्ष दुई वटा दाबी पेस भइसकेको छ। त्यही कारण कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने अन्योल देखिएका कारण प्रदेश प्रमुखबाट पुनः आह्वान गराउने प्रयत्नमा एकीकृत समाजवादी छ। पुनः आह्वान भएको स्थितिमा नयाँ समझदारी बनाएर जान सकिने सो पार्टीका नेताहरूको विश्वास छ। अहिले नाउपामा विवाद देखिएका कारण उसलाई रोकेर एकीकृत समाजवादीको पक्षमा निर्णय गराउने सकिने विश्वास पनि छ। त्यसमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक रहेको एकीकृत समाजवादीका नेताहरूको दाबी छ। 

गत आइतबार नागरिक उन्मुक्ति पार्टीका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेस गरेका थिए। दुवैले नाउपाको समर्थनसहित दाबी पेस गरेका हुन्। मुख्यमन्त्रीका लागि दुई वटा दाबी पेस भएपछि तेस्रो दिनसम्म पनि सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले निर्णय दिन सकेका छैनन्।

Xtrem

Xtrem

संघीय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा भने कांग्रेससहितको समीकरणलाई सघाएको थियो। सोही अनुसार, कांग्रेस, एकीकृत समाजवादी र नाउपाको समर्थनसहित लक्ष्मणकिशोरले दाबी पेस गरेका थिए। अर्कोतिर, कैलाशले भने एमाले, माओवादी केन्द्र, नाउपा र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा दाबी पेस गरेका थिए।

दाबी पेस गर्ने दल र ती दलमा रहेका सांसदको संख्या जोड्दा दुवै पक्षमा बहुमत पुग्छ। जसकारण कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भनेर प्रदेश प्रमुख मियाँ अलमलमा परेका छन्। प्रदेश प्रमुख कार्यालयले भने उनी परामर्शमै रहेको प्रतिक्रिया दिने गरेका छन्।

सुदूरपश्चिममा यस किसिमको परिस्थिति निम्तिनुको एउटा कारण नाउपाभित्रको विवाद पनि हो। सो पार्टीका संरक्षक रेशम चौधरीले आफू निकटका नेता लक्ष्मणकिशोरलाई कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनाउन चाहेका छन्। अर्कोतिर, अध्यक्ष रञ्जिता श्रेष्ठले आफू निकटका नेता कैलाशलाई मुख्यमन्त्री बनाउन चाहेकी छिन्। प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ मा गठबन्धन परिवर्तन गरेपछि नै रेशम र रञ्जिताबीच विवाद सिर्जना भएको छ।

तर सतहमा देखिने कारण नाउपा भए पनि एकीकृत समाजवादी पनि यसको कारणको रुपमा देखिएको सोही पार्टीका नेताले भनेका कुराले पुष्टि गर्छ। एकीकृत समाजवादीको निर्णयप्रति एमाले अध्यक्ष ओली आक्रामक देखिएका छन्।

सुदूरपश्चिममा उसको 'मुभ'लाई ओलीले अराजनीतिक निर्णयको रुपमा प्रस्तुत गरेका छन्। सोमबार पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले आफूहरूसँग(एमाले- माओवादी केन्द्रको गठबन्धन) हुँदा सुदूरपश्चिमको मुख्यमन्त्रीमा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नचाहेको तर कांग्रेसको समीकरणबाट भने सुरुमै दिएको भन्दै ओलीले कटाक्ष गरे।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नाउपालाई दिने निर्णय लिएको थियो। सोही अनुसार त्यस दिन दाबी पेस गर्ने प्रक्रिया अघि बढेको थियो। तर, गत चैत १९ गतेको गठबन्धनको बैठकमै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने निर्णय भइसकेको थियो। आइतबारको बैठकमा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले त्यही स्मरण गराएका थिए। तर आफ्नो पक्षमा निर्णय गराउन सकेनन्। त्यसको मुख्य कारण उनले सोडारीको विकल्प खोज्न तयार नहुनु नै रहेको नेताहरूको भनाइ छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरे... शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी प... शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्