• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

 गहिरिँदै पानीको सङ्कट, सुक्दै पानीका मुहान

64x64
रासस बिहीबार, चैत २९, २०८०  १३:५९
1140x725

महोत्तरी–  चैत सकिएर वैशाख लाग्दैछ। नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन्। अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन्। जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ। खानेपानीका धारा चल्न छाडेका छन्। 

यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन्। जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिवास–१२ को जुडी र भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार÷पाँच वर्ष नै भइसक्यो। जुडी र जोकाहाको भुलको पानीको सिँचाइ हुने भनेपछि धान, गहुँ उत्पादनमा नम्बरी (उम्दा) मानिएका खेत अब बर्खाको पानी नभेटुञ्जेल गखरक्क रहन्छन्। 

‘यो उही जुडीटोल हो भन्ने पत्याउन पनि खै के खै के जस्तो हुन्छ, बाह्रैमास पानी चल्ने जुडी जरुवामा अब नयाँ पुस्तालाई यहाँ पानीको मूल (भूल) थियो भन्दा उदेक मान्छन्’, बर्दिवास–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंह भन्छन्, ‘यही जुडी भुलको परिचयले यहाँका खेत उम्दा मानिन्थे, अब कथाजस्तो भयो।’

यसैगरी जोकाहा भुल (जरुवा) सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतर बताउँछन्। ‘जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्थ्यो, जोकाहा जरुवा थाहा पाएका बटुवा यहाँको पातालबाट भुल्कने पानी खान तिर्खा साँचेर यहाँ आउँथे, देख्दादेख्दै सबै कथाजस्तो भयो’, बाँतर विरक्तिँदै भन्छन्।

यी जस्तै जिल्लाका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सबै मरे। कतै पानी देखिन्न। पोखरी, तलाउको धनी मानिने जिल्लाका धेरैजसो यस्ता स्रोत सुकेका छन्। जिल्लाका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिएपनि उत्तरी क्षेत्रमा नामनिसान देखिँदैन। ‘पोखरी, डबरा (खाल्डा) सबै सुके, पशुबस्तुलाई नुवाइधुवाइ गराउन छाडियो’, भङ्गाहा–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारु भन्छन्, ‘अब कठिन दिन आउँदैछन् जस्तो लाग्छ।’ 

यसैगरी अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान पनि सुक्दै जाँदा खानेपानीको सङ्कट बढ्दो छ। ‘हेर्नोस् न, धारामा पानी झर्नै छाड्यो” घरआँगनको खानेपानी धाराको टुटी खोल्दै बर्दिबास–२ की गृहिणी नगिना महतो भन्छन्, ‘अब नुवाइधुवाइ, सरसफाइको कुरै छाडौँ, घाँटी भिजाउने पानी पनि पाइने छाँट देखिदैन।’ चैत नबित्दै बनेको यो अवस्थाले वैशाख/जेठको दुबो मर्ने तापमा के होला? भन्ने नगिनाको थप चिन्ता छ। दिनहुँजसो बिहानपख धारा मर्ने गरेको नगिना बताउँछन्। 

बर्दिवासका खानेपानी धारा जडित बस्तीमा सबैतिर पानीको अभाव बढेको छ। चुरे शृङ्खलाका खोचबाट निस्कने नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहानबाट पाइप ओछ्याएर पानी भण्डारण गरी  धाराबाट वितरण गरिदै आइएका बस्तीमा अहिले पानी आउन छाडेको हो। ‘धारामा कतिखेर पानी आउला भनेर बाटो हेरिन्छ’ बर्दिबास–१४ की सुनिता साह भन्छिन‍्, ‘पानी बढी चाहिने बिहानपख नै धारा मा पानी आउँदैन।’ अरु आवश्यकता जे जसरी टारिए पनि पानी नै नपाइँदा त सास अल्झाउनै नपाइने पो हो कि भन्ने चिन्ताले पिरोल्न थालेको सुनिता बताउँछिन्। 

जतिखेर पनि पानी आइरहने धारामा अब त कतिबेला पानी आउँछ भनेर ताक पर्खनु पर्ने भएको गृहिणी बताउँछन्। बर्दिवास नगर क्षेत्रका १, २, ३, ४, ५, १०, ११ र १४ का वडाबस्ती खानेपानी धारामा आश्रित छन्। वडानम्बर ६, ७, ८, ९, १२, १३ मा यसरी टङ्कीमा भण्डारण गरेर धाराबाट वितरण गरिएसँगै इनार पनि विकल्पमा प्रयोग गरिन्छन्। अहिले नदी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सुक्दै गएर पानी भण्डारण घट्दा वितरणमा समस्या आएको हो। यसैगरी इनारको पानीको सतह पनि दिनदिनै गहिरिँदै गएपछि मोटरले पानी तान्न छाडेको बर्दिबास–१२ का रामविलास सिंह कुशवाहा बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मोटरले त तान्न छाड्यो, अब त डोल पनि डुब्दैन’, कुशवाहा भन्छन्। मोटरले पानी तान्न छाडेर डोल (बाल्टिन) झार्दा त्यो पनि डुब्न छाडेको बिजलपुराबासी बताउँछन्। जिल्लाभरि नै पानीको सतह गहिरिँदै गए पनि उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सयभन्दा बढी टोलबस्तीमा अहिले खानेपानीको समस्या बढेको छ। नदी, खोल्साखोल्सी र जरुवाका मुहान सुक्दै गएपछि पानी निकै कम भण्डारण भइरहेको हुँदा पहिलेजस्तो पर्याप्त पानी धारामा आउन छाडेको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शङ्कर) स्वीकार गर्छन्। 

यद्यपि बस्तीबस्तीमा पालो मिलाएर धारामा पानी दिदै आइएको उनको भनाइ छ। ‘पानीका स्रोतका मुहान नै सुकेका छन्, यसले गर्दा पानी कम हुनु त स्वाभाविक नै भयो’, फुयाल भन्छन्, ‘हामी मुहान सफा गर्ने र वैकल्पिक उपायको अवलम्बनमा लागेका छौं।’ 

सामान्यतया प्रत्येक वर्षजसो वैशाख/जेठमा पानीको सङ्कट झेल्दै व्यहोर्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्नसक्ने चिन्ताले पिरोलिएका छन्। नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि यसपालि वैशाख लाग्दा नलाग्दै खानेपानीको हाहाकार पर्नसक्ने यस भेगका सर्वसाधारणको चिन्ता छ। भङ्गाहा–४ मा विगतमा खानेपानीको मुख्य स्रोत रहँदै आएको चापाकल पछिल्ला पाँच/छ वर्षदेखि कवाडी बनेका रामनगर बस्तीका ३० वर्षीय रामईश्वर ठाकुर बताउँछन्। ‘चापाकल त चल्नै छाडे, सबै खिया लागेर कवाडी बनेका छन्’, ठाकुर भन्छन्। 

बर्दिवास नगरपालिका क्षेत्रका धेरैजसो बस्तीमा नदी, खोल्साखोल्सी र जरुवाको पानी सङ्कलन गरेर भण्डार गरिएको पानी धाराबाट सर्वसाधारणलाई वितरण गरिदै आइएको छ। यसपालि हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा फागुन अन्त्यदेखि नै घरघरमा वितरण गरिएका धारामा पानी घटेको हो। ‘हाम्रो धारामा आउने पानीको स्रोतका मुहान सुक्दै गएका छन् , त्यसैले यसपालि अलि चाँडै धारामा पानी घटेको हो’ बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेन भन्छन्, ‘तर हाहाकारकै स्थिति चाहिँ बनेको हैन।’

बर्दिवास नगर क्षेत्रका बिजलपुरा, भेडियारीटोल र मेघरोलसहितका केही बस्तीमा खानेपानीको स्रोत चापाकल, पशुपतिनगर, बिजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका केही बस्तीमा इनार प्रयोग हुँदै आएका छन्। अहिले धमाधम चापाकल सुक्दैछन् भने इनारमा पानीको सतह निकै गहिरिएको छ।

त्यसैगरी भङ्गाहा र गौशाला नगरक्षेत्रका दक्षिणी भेगमा खानेपानीका स्रोत इनार र चापाकल रहँदै आएका छन्। यहाँका चापाकल र इनार पनि सुक्दै गएका गौशाला–९ भरतपुरका शिवशरण राय बताउँछन्। ‘चापाकल धमाधम सुक्दैछन्’ आफ्नो आँगनको चापाकल देखाउँदै रायले भने, ‘अब यसपालि पछिपछि पानी ओसार्न बयलगाडा जोत्नु पर्लाजस्तो छ।’ यता पानी पाइन छाडेपछि बयलगाडा जोतेर टाढाटाढाबाट ड्रममा पानी ओसार्ने पुरानै चलन हो। 

भङ्गाहाका दक्षिणी भेगका बस्तीमा अहिले नै पानीको हाहाकार नपरे पनि वडानम्बर–४ र ५ का १० भन्दा बढी बस्तीमा पानीको सङ्कट चुलिँदै छ। वडानम्बर–४ का प्रेमनगर, रामनगर, टोका, पलार र वडानम्बर–५ का धतियाटोल, राजपुर, भूचक्रपुर, कुम्हालटोल र चौधरीटोलमा चापाकल कुनै कामलाग्ने स्थितिमा नरहेका धतियाटोलका सामाजिक कार्यकर्ता सुपतलाल यादव बताउँछन्। ‘अब यी बस्तीमा चापाकल फेल (असफल)  भयो, अहिलेलाई इनारले बचाइ राखेको छ’ यादव भन्छन्, ‘इनारमा पनि माथिबाट हेर्दा पानी देखिन छाडेको छ।’

यसैगरी रामनगर, प्रेमनगर र टोकाटोलका चापाकल यसअघि नै कवाडी बनेका स्थानीय बताउँछन्। भङ्गाहा नगर क्षेत्रका ४ र  ५ नम्वर वडा बस्तीहरुमा बर्सेनि गर्मी याममा खानेपानीको सङ्कट पर्दै आएको छ। ‘लगभग दुई दशकअघि होला, १५/१६ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मूल भेटिन्थ्यो, अब ती पुराना इनार सबै सुके” भङ्गाहा–४ रामनगरका ५८ वर्षीय गङ्गाराम महतो भन्छन्, ‘अब त ६० हात नपुर्‍याइ पानी भेटिँदैन, किन यस्तो भएको होला?’

यसैगरी चुरे पहाडी बस्तीमा पनि खानेपानीको समस्या बढेको छ। जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछबासी बताउँछन्। चुरे पाहाडि काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्वर वडामा ४० भन्दा  बढी बस्ती छन्। पाखा बस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ। 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी अगस्ट २६ मा गएको विनाशकारी पहिरोबाट ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएपछि उद्धार कार्य जारी रहँदा सम्भावित दोस्रो च... आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथ... आइतबार, भदौ २१, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ सामाजिक सञ्जालमा देखिएका भोटेकोशी बाढीका तस्बिर र भिडियोले रसुवा र त्रिशूली आसपासका बस्तीमा ठूलो विपत्ति आएको संकेत गरिसकेको थियो। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
बाढीपहिरोले यातायात प्रभावित, कतै राति आवागमन बन्द, कतै एक लेनबाट सवारी सोमबार, भदौ २२, २०८३
कार्टुन सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक सोमबार, भदौ २२, २०८३
आर्सनलले चेल्सीलाई हरायो सोमबार, भदौ २२, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्