• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १६, २०८२ Sun, Nov 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मिथिला पेन्टिङ: घुम्टोदेखि अमेरिकासम्म

64x64
रासस सोमबार, चैत २६, २०८०  १२:५४
1140x725

जनकपुरधाम- विसं २०४३ तिरको कुरा थियो। मधेसको बन्द समाज। महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन। समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै थिइन् जनकपुरधामकी मञ्जुला ठाकुर। 

खुसी के हो? समाज के हो? जिम्मेवारी के हो? भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन। त्यही बेला १२ वर्षकै उमेरमा उनको विवाह भयो। समय त्यस्तै थियो, कलिलो काँधमा असाधारण जिम्मेवारीको भारी थपिएपछि सकिनसकी जन्मघरको इज्जत र कर्मघरको जिम्मेवारी धान्नैपर्ने भयो। 

‘कलिलै उमेरमा जिम्मेवारी थपियो। जानेको केही थिइनँ। त्यो समय र आफ्नो जीवन नै बोझ लाग्दै थियो। के गर्ने, के नगर्ने छुट्याउने उमेर पनि त भएको थिएन नि! तर पनि बाँच्नु त पर्‍यो,’ उनले त्यो समय सम्झिँदै भनिन्।

मञ्जुलाको उमङ्गविहीन त्यो समयलाई रङ्गिन बनाउन आमाले सिकाइदिएको ‘पेन्टिङ कला’ रङ भर्ने माध्यम बन्यो। जीवनमा रङ भर्ने माध्यम मात्रै बनेन स्वावलम्बनको आधार र घरमा बसेर आश्रित जीवन बाँचिरहेका अरु नारीहरूलाई सङ्गठित गर्ने आधार पनि बन्यो। २०४८ सालको समय हुँदो हो, महिना त ठ्याक्कै भन्न सकिनन् उनले। अर्धघुम्टोमा घरको चौघेरा नाघेर निस्किएको वर्ष थियो त्यो।     

‘केही समय घरमै बसेर आफ्नो कलालाई निखारेँ। पछि २०४८ सालतिर घरबाट समाजमा निस्किएँ। त्यो बेला महिलालाई घरबाट निस्किनै समस्या थियो। मलाई पनि सुरुमा त्यस्तै भयो। तर हिम्मत हारिन। बिहे, चाडपर्वको बेला घरघरमा गएर वाल पेन्टिङ गर्न थाल्यौँ,’ मञ्जुलाले त्यो समय सम्झिइन्, ‘सुरुमा गाह्रो भयो। गाउँघरको मान्छे कुरा काट्थे। कता जान्छ? के गर्छ? अरुसँग किन हिँड्छ? जस्ता अनेक लाञ्छना सहितका प्रश्नले उडाउँथे। तर त्यसको कुनै प्रवाह गरिनँ,’ उनले सुनाइन्।

समय परिवर्तन हुँदै गयो। काम गर्दै जाँदा पैसा आउन थाल्यो। आयआर्जन भएपछि घरका समस्याहरू टार्न सहज भयो। गृहिणीको पहिचान कलाकर्मीमा बदलियो। त्यसपछि परिवारबाट समेत थप साथ पाउन थालिन् उनले। त्यसपछि त मञ्जुलाको समय, दिनचर्या नै बदलियो। अर्थोपार्जन भयो। समाजको भरोसा थपियो। अर्धघुम्टो पूरै उघार्ने अवस्था बन्यो। 

मञ्जुला भन्छिन्, ‘मैले आफू मात्रै होइन, घरघरमा सीमित रहेका र घुम्टोसमेत उघार्न नचाहने महिलाहरूलाई आफ्नो अभियानमा जोड्न भूमिका खेले, जसका कारण अरु थुप्रै दिदीबहिनीलाई आर्थिक रूपले सबल बनाउन निकै सहयोग पुगेको छ। आर्थिक रूपले सबल हुनु भनेको महिलाको आत्मसम्मान र प्रतिष्ठासमेत बढ्नु हो नि!’

कुनै बेला यस्तो समय आयो कि मञ्जुलालाई भ्याइनभ्याई भयो। आफ्नै समाजका चौकचौतारा, बजार, गल्लीहरूमा जानसमेत नपाउने जनकपुरकी एक महिला मञ्जुला पाँच पटक त सपनाको देश भनिने अमेरिका पुगिन्। त्यो क्षण सम्झिँदै उनी भन्छिन्, ‘त्यसबेलाको मधेसी समाजकी एउटी बुहारी, छोरी, श्रीमती, दिदीबहिनीलाई हेर्ने दृष्टिकोण सम्झिँदा पनि नमिठो लाग्छ। मैले संस्कारको नाममा छोपिएको घुम्टो उघार्ने हिम्मत नगरेको भए आज यहाँ पुग्थिन होला। घुम्टोदेखि अमेरिकासम्मको त्यो चक्र सम्झिँदा रोमाञ्चित पनि हुन्छु र दुःखी पनि। अहिलेको नयाँ पुस्ताका छोरी बुहारीलाई त धेरै सहज छ। अब उहाँहरू अगाडि आउनुपर्छ। त्यसमा सरकारले पनि सहयोग गर्नुपर्छ।’

Ncell 2
Ncell 2

मञ्जुलाको कुरा सुन्दा २६ वर्षअघिको मधेसको मुस्लिम समाजको याद आउँछ। त्यसमा पनि श्रीमान् गुमाएकी एउटा नारीको अवस्था। तर त्यसलाई चिरेर अगाडि बढिन् जनकपुरधाम उपमहानगरपालिका-४ शान्तिनगरकी मुन्नी खातुन। ६ छोरी र एक छोराकी आमा मुन्निको जीवनमा एकाएक बज्रपात भयो। २७ वर्षअघि श्रीमान् बिते।

एक्लो ज्यान भए त जेनतेन जीवन चल्थ्यो होला तर उनीमाथि ती सबै लालाबालाको पालनपोषण गर्ने जिम्मेवारी आइलाग्यो। विकल्पहरू केही थिएनन्। ‘हिम्मत हार्नु हुँदैन रहेछ, अल्लाहले विकल्प दिइहाल्दा रहेछन्! घरमा सामान्य सिकेको पेन्टिङ कलालाई जीविकोपार्जनको आधार बनाउने सोच आयो। मेरो सिपलाई निखार्ने अवसर भने केही समयअघि खुलेको नारी विकास केन्द्रले दियो,’ खातुनले भनिन्, ‘धन्न त्यो बेला ६/७ सय रुपैयाँमा परिवार चल्थ्यो। अहिले त जति पैसा भए पनि पुग्दैन। त्यसमा पनि पेन्टिङको कुनै मूल्य नै छैन जस्तो लाग्छ।’ 

खातुनले यही पेसाबाट घरपरिवारको लालनपालनदेखि छोराछोरीको विहेसम्म गरिदिएको सुनाइन्। उनी भन्छिन्, ‘हो, पेन्टिङबाटै यो सबै सम्भव भएको हो। यदि यो सिप नभएको भए मैले सात छोराछोरीसहितको परिवार कसरी पालनपोषण गर्थें होला? यही चित्रकलाबाट घरबार चल्यो, छोराछोरीको विवाह गरियो।’

जनकपुरधाम–१० देवीचोककी सीतादेवी कर्णलाई पनि मिथिला चित्रकलाले नाम, दाम र प्रतिष्ठा सबै दियो। यही कलाले उनलाई बेल्जियम, अमेरिका, काठमाडौँ लगायत भारतका विभिन्न ठाउँमा गएर आफ्नो कला प्रदर्शन गर्ने अवसर दियो। त्यसबाट आएको पैसाले परिवारको लालनपालनमा सहयोग पुग्यो।

‘म तीस वर्षदेखि यहीँ काम गरिरहेकी छु। अप्ठ्यारो त जुनसुकै पेसामा हुन्छ नै। तर यहीँ पेसाले मजस्ता तमाम नारीलाई नयाँ पहिचान दियो। देश दुनियाँ हेर्ने अवसर दियो,’ उनी भन्छिन्, ‘आफ्नो जीवन र आँखाको ज्योति रहेसम्म यो कलामा समर्पित हुने चाहना छ। अब नयाँ पुस्तालाई यो क्षेत्रमा अगाडि बढ्नका लागि आफ्नो तर्फबाट सक्दो सन्देश फैलाउन योजना छ।’

जनकपुरधाम-१० निवासी सुलोचना कर्णले पनि विगत ३० वर्षदेखि मिथिला चित्रकला कोर्दै आएकी छिन्। निर्जीव वस्तुमा कोर्ने यहीँ चित्रकलाले आफ्नो जीवनलाई नै जिवन्त बनाइदिएको उनको बुझाइ  छ।

‘यही काम गरेर आफ्नो पहिचान बनाएँ। थोरै भए पनि यो कामबाट आर्जेको पैसाले घरपरिवार चलाउन योगदान पुग्यो। यो भन्नुको अर्थ त्यसले मलाई स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित जीवन बाँच्नका लागि जीवनमै रङ भरिदियो,’ उनले भनिन्।

अरुणा हिङमाङ अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य छिन्। प्रतिष्ठानको हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजकसमेत रहेकी उनी मिथिला चित्रकलामार्फत समाज परिवर्तन, विद्रोह, समाजका सुसुप्त आवाज, नारी समानताको वकालत गर्ने नारीवादी चित्रकारका रुपमा चिनिन्छिन्।

हिङमाङ यही कारणले आफूलाई प्रतिष्ठित संस्थाको प्राज्ञ बनाएको बताउँछिन्। ‘चित्रकला भनेको सौन्दर्य र सजावटका लागि मात्रै होइन यो समाज परिवर्तनका लागि आवाज उठाउने शसक्त माध्यम पनि हो। मिथिला चित्रकला त यहाँका सीमान्त नारीहरूमा सुसुप्तरूपमा रहेको बिद्रोहको चेतनालाई प्रस्फुटित गर्दै आर्थिक, सामाजिक र नेतृत्व क्षमता विकासमा टेवा पु¥याउने आधार पनि हो,’ उनी भन्छिन्।

हुन त मिथिला चित्रकला मिथिलाञ्चलको पहिचान, कला, संस्कृति, भाषा, साहित्यको त्रिवेणी हो। त्यसैले यहाँका हरेक नारीहरू कुनै न कुनै रूपमा यो सिपसँग परिचित छन्। त्रेता युगमा मिथिला नरेश रामलाई जनकपुरमा स्वागत गर्न राजा जनकले यहाँका भित्ताभित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्तीबाट सुरु भएको यो मौलिक सभ्यातालाई विशेषगरी यहाँका तिनै नारीहरूले धानिरहेका छन्। 

शदिऔँदेखि सामान्यतः बिहे, व्रतबन्ध, चाडपर्वमा घरआँगन रङ्गाउन प्रयोग हुने यो कला महिलाले आफ्नो मनोभाव चित्रमार्फत व्यक्त गर्ने एक माध्यमका रूपमा मात्रै सीमित थियो। विसं २०५० पछि भने महिला स्वतन्त्रता, सम्मान र स्वावलम्बनका लागि बलियो आधार बनेको छ। त्यसको ठूलो श्रेय नारी विकास केन्द्रलाई जान्छ। विगतमा मिथिला क्षेत्रको सिङ्गो लोकगाथा, सभ्यता र मधेशको जीवन बोक्दै आएको यो कलाले पछिल्लो समय यहाँका नारीहरूको आर्थिक जीवनलाई पनि उचाल्न सघाउ पुगेको छ।

‘घुम्टो उघारेर अमेरिकासम्म पुग्ने, आर्थिक स्रोतमा बलियो पकड जमाउने र निर्भिकतापूर्वक स्वतन्त्र जीवन बाँच्ने आधारका रूपमा मिथिला चित्रकलालाई लिन सकिन्छ,’ मिथिला चित्रकलालाई आधुनिक स्वरूप दिन योगदान दिएका डा राजेन्द्र विमल भन्छन्, ‘मिथिला चित्रकला यहाँको भाषा, कला, साहित्य र संस्कृतिको संगम हो। यसले मैथिल सभ्यता बोल्छ। यहाँको लोकजीवन बोक्छ। नारी हृदयबाट प्रस्फुटित आत्मिक भाव र रुपलाई शब्दचित्रमा ओकेल्छ।’

यसलाई थप सशक्त र व्यवस्थित बनाउने कार्यको सुरुवात भने नारी विकास केन्द्रको स्थापनापछि भएको डा विमलको पनि भनाइ छ।  ‘मिथिला चित्रकला यहाँका नारी, समाज र लोकआस्थालाई छुट्याउन सकिँदैन। त्यसैले यहाँका नारीहरू कुनै न कुनै रूपमा यससँग परिचित नै छन्। तर त्यसलाई व्यावसायिक बनाउने र जीविकोपार्जनको सशक्त  आधार तय गर्ने कामचाहिँ त्यहीँ केन्द्रले गरेको हो।’

जनकपुर नारी विकास केन्द्रका व्यवस्थापक अभिवन अंशु नारी सशक्तीकरण र आत्मनिर्भरताका लागि यहाँका नारीमा रहेको कलालाई निखार्न  केन्द्रले ठूलो सहयोग गरेको बताउँछिन्। विशेषगरी नेपाली मिथिला क्षेत्रमा सीमित चित्रकलालाई विश्व जगतमा फैलाउन र घरमा सीमित रहेर आश्रित जीवन बाँचिरहेका महिलालाई आर्थिक, सामाजिक रूपमा सशक्त बनाउँदै संसार देख्न र बुझ्न यहीँ संस्थाले जग निर्माण गरिदिएको उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित शनिबार, कात्तिक १५, २०८२
एकताको विषयलाई लिएर पार्टी फुट्दैन : माओवादी शनिबार, कात्तिक १५, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ: महामन्त्री शर्मा शनिबार, कात्तिक १५, २०८२
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य शुक्रबार, कात्तिक १४, २०८२
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
‘मोन्था’ को प्रभाव कम हुँदै , पश्चिमी वायु र न्यूनचापीय प्रणालीले आज यी स्थानमा वर्षा शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्