• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

११ महिनामै ‘विवादास्पद बाटो’बाट  मुख्यमन्त्रीको कुर्सीमा फर्किए खगराज

64x64
सक्षम मानन्धर आइतबार, चैत २५, २०८०  १७:२५
1140x725

काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनी संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।

अधिकारीले आइतबारै नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस गरेको केही बेरमै उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसअघि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले त्यसै दिन मुख्यमन्त्रीका लागि आह्वान गरेका थिए। उनले चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्न समय दिएको भए पनि अधिकारीले दुई दिन अगावै दाबी पेस गरेका थिए।

मुख्यमन्त्री अधिकारीले आइतबारै सपथ ग्रहण गरेका छन्। उनले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गरेका छन्। हाललाई नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई पनि मन्त्री नियुक्त गरिएको छ। उनीहरूले पनि आइतबारै सपथ लिएका छन्। हाललाई उनीहरूको मन्त्रालय तोकिएको छैन।

अधिकारी ११ महिनामा पुनः मुख्यमन्त्रीको कुर्सीमा फर्किएका हुन्। यसअघि अधिकारी २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। तर संघीय सरकार सञ्चालनका लागि गठित एमालेसहितको तत्कालीन गठबन्धन भत्काउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस लगायतका दल सम्मिलित गठबन्धन ब्युँत्याएपछि अधिकारी नेतृत्वको सरकार ढलेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारीले गत वैशाख ९ मा विश्वासको मत लिने प्रयास गरेका थिए। तर आवश्यक मत पाउन नसकेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठन भएको थियो। प्रधानमन्त्री प्रचण्डले पुनः गठबन्धन परिवर्तन गरेपछि गण्डकी प्रदेश सरकार परिवर्तन हुने स्थिति बनेको हो।

अधिकारीको यसपटकको मुख्यमन्त्री पद प्राप्ति भने विवादित बन्न पुगेको छ। खासगरी उनले माओवादी केन्द्रका ८ सांसद गणना गर्दै दाबी पेस गरेका थिए। जबकि, सभामुखलाई त्यसरी सरकार गठनमा प्रयोग गर्न नसकिने नजिर कोशी प्रदेशमा स्थापित भइसकेको छ।

अधिकारीले दाबी पेस गरेसँगै कांग्रेसले प्रदेश प्रमुखलाई सचेत गराइसकेको थियो। कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले पेस गरेको पत्रमा सभामुखको समर्थनलाई ‘सरासर नेपालको संविधान, कानुन, स्थापित नजिर सिद्धान्त र परम्परा विरुद्ध’मा भएको दाबी गरिएको थियो। गैरसंवैधानिक दाबीका आधारमा मुख्यमन्त्री नियुक्त हुने काम रोकियोस् भन्ने माग पनि कांग्रेसले गरेको थियो।

Xtrem
Xtrem

आफ्नो ध्यानाकर्षणका विपरीत अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने काम गरिएको भन्दै कांग्रेसले संवैधानिक र कानुनी उपचार खोज्ने बताएको छ। कोशी प्रदेशमा तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरयुक्त समर्थनका आधारमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भए पनि असंवैधानिक ठहर भएको नजिर भएकाले पनि कांग्रेसलाई अदालतको ढोका घच्घच्याउने आधार मिलेको छ।

कोशीकै नजिर दोहोरिएमा अधिकार पदमुक्त हुने निश्चित छ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने विद्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्