धनगढी- धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक मृत भेटिएका हुन्।
प्रहरी जवान विक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।
विकको परिवार धनगढीमा बस्दै आएको थियो। उनी बझाङबाट बिदा लिएर धनगढी आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।