• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पुनः मुख्यमन्त्री नियुक्त हुनका लागि सुरेन्द्रराज पाण्डेको राजीनामा

64x64
सक्षम मानन्धर बुधबार, चैत २१, २०८०  १३:२०
1140x725

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका हुन्। विश्वासको मत लिने दिन सकिँदै लाग्दा आवश्यक मत जुटाउन नसक्ने प्रष्ट भएपछि उनले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २१ मा सत्ता गठबन्धनमा परिवर्तन गरेपछि फागुन २२ मै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीहरूलाई बर्खास्त गरिदिएका थिए। फागुन २३ मै माओवादी केन्द्रको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। जसकारण मुख्यमन्त्री पाण्डेले बिहीबार (फागुन २२) सम्म विश्वासको मत लिइसक्नुपर्ने थियो। तर त्यसको सम्भावना देखिएको थिएन।

यसबीचमा मुख्यमन्त्री पाण्डेले चैत ५ मा राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नियुक्त गरेका थिए। मनाङे स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भए पनि एकीकृत समाजवादी प्रवेश गरेका थिए। तर मन्त्री बन्नुअघि उनले सो पार्टी त्यागेर स्वतन्त्र हैसियतमा फर्किएको बताएका थिए। मुख्यमन्त्रीको अर्को लक्ष्य राप्रपाको साथ लिने थियो। तर त्यो सम्भव भएको थिएन।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग २७ सिट छ। त्यस्तै, एमालेसँग २२, माओवादी केन्द्रसँग ८ (सभामुखसहित) , राप्रपासँग २ सिट छ। स्वतन्त्र सांसद (मनाङे) एक सिट छन्।

सरकारमा निरन्तरताका लागि मुख्यमन्त्री पाण्डेलाई ३१ सिट चाहिन्थ्यो। मुख्यमन्त्री पाण्डेलाई एमाले र माओवादी केन्द्रले सघाउने सम्भावना थिएन। त्यसैले उनले राप्रपा र स्वतन्त्र सांसद मनाङेको साथ पाउँदा पनि ३१ सिट पुग्दैन। त्यसैले उनले विश्वासको मत पाउने सम्भावना थिएन। त्यसैले उनीसँग नपुग्ने विश्वासको मतका लागि प्रदेश सभाको सामना गर्ने वा राजीनामा दिने दुई विकल्प थिए। उनले दोस्रो विकल्प प्रयोग गरेका हुन्।

‘राप्रपाले २७ गतेसम्म आफूहरूको आन्दोलनमा भएको र त्यतिञ्जेल सरकार बनाउने, बन्ने, भत्किने खेलमा हामी सम्मिलित हुन्नौँ भनिसकेपछि मैले प्रदेश सभामा गएर विश्वासको मत लिइराख्नुपर्ने आवश्यकता ठानिनँ’, बुधबार राजीनामा दिएपछि मुख्यमन्त्री पाण्डेले भने, ‘मैले कि विश्वासको मत लिन जानुपर्थ्यो। कि राजीनामा गर्नुपर्थ्यो। मैले राजीनामा गर्ने बाटो रोजेको हो।’

तर उनको यो विकल्प प्रयोग रणनीतिक पनि छ। त्यसको चर्चा गर्नुअघि वैकल्पिक गठबन्धनको सम्भावना केलाऔं।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले नयाँ सरकार बनाउन पनि ३१ नै सिट चाहिन्छ। तर प्रदेश सभाको अंकगणितले त्यो सम्भावना पनि कमजोर बनेको छ।

एमाले र माओवादी केन्द्रसँग गरी ३० सिट (सभामुखसहित) छ। सरकार गठनका लागि सभामुखले हस्ताक्षरसहित समर्थन दिन सक्दैनन् भन्ने कोशी प्रदेशबाट नजिर स्थापित भइसकेको छ। त्यसैले यो गठबन्धनसँग मुख्यमन्त्रीमा दाबी गर्न योग्य २९ सांसद मात्रै छन्। यो गठबन्धनलाई कांग्रेसले सघाउने सम्भावना छैन। त्यसैले राप्रपा वा स्वतन्त्र सांसद मनाङेको साथ खोज्नु आवश्यक छ।

राप्रपाले साथ दिएमा एमाले-माओवादी केन्द्रको गठबन्धनको सरकार बन्न सक्छ। तत्काललाई राप्रपाले कुनै पनि गठबन्धनलाई साथ नदिने प्रष्ट पारिसकेको छ। तर एमालेले राप्रपाको साथ पाइने आश गरेको देखिन्छ।

‘सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री हाम्रो पार्टीले पाउने भन्ने हो’, एमालेका एक जना प्रदेश सभा सदस्य भन्छन्, ‘राप्रपाले त्यतिकै त हामीलाई साथ नदेला। तर हाम्रा अध्यक्ष (केपी ओली)ले राप्रपाका अध्यक्ष (राजेन्द्र लिङ्देन)लाई अनुरोध गर्नुभयो भने राप्रपा हाम्रो पक्षमा उभिने विश्वास छ।’

Xtrem

Xtrem

एमाले र राप्रपालाई निकटको शक्ति मानिन्छ। नयाँ गठबन्धनमा राप्रपालाई समावेश नगरिएको भए पनि यी दुई पार्टीबीच चुनावी गठबन्धन हुने गरेको छ। ओली र लिङ्देनले एक अर्कालाई सघाउँदै आएका छन्। त्यसैले ती सांसदले भने जस्तो हुन सक्छ। त्यसो भयो भने नयाँ गठबन्धनको सरकार बन्न सक्छ।

तर मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुको पछाडिको रणनीति भने पुनः आफैं मुख्यमन्त्री नियुक्त हुने सम्भावनाबाट निर्देशित छ। यदि प्रदेश सभामा विश्वासको मत पाउन नसकी पदमुक्त हुनुपरेको भए पुनः र तत्कालै मुख्यमन्त्री बन्न नैतिक अप्ठ्यारो र प्रश्न सिर्जना हुन्थ्यो। तर राजीनामा दिएपछि नैतिक प्रश्न केही कमजोर बन्छ। त्यसैले उनले राजीनामा दिएका हुनसक्छन्।

राजीनामापछि पत्रकारहरूसँग कुरा गर्दै उनले धारा १६८ (२) अनुसारको सरकार गठनको लागि आजैबाट आफूले प्रयत्न सुरु गर्ने बताएका छन्। विगतमा मुख्यमन्त्रीमा दाबी गर्नका लागि सात दिनको समय दिइने गरेको छ। आजै नयाँ मुख्यमन्त्रीका लागि आह्वान भएमा २७ गतेसम्मको समय दिइनुपर्ने हुन्छ। त्यतिञ्जेल राप्रपाले सरकार गठनको प्रक्रियामा सामेल नहुने प्रष्ट पारेकाले आफू नै ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री दोहोरिने पाण्डेको बुझाइ देखिन्छ। राप्रपाले अर्को गठबन्धनतिर जाने निर्णय लिने समय नपाओस् भन्नेमा उनी सचेत देखिएका छन्।

‘हामीले नै मुख्यमन्त्रीमा दाबी गर्नका लागि बहुमत जुटाउने प्रयास गर्छौं नै। हामीले सकेनौं भने, विपक्षी गठबन्धन (एमाले-माओवादी केन्द्र)ले पनि सक्दैनन्’, कांग्रेसका एक प्रदेश सभा सदस्य भन्छन्, ‘त्यसपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले पाण्डे नै मुख्यमन्त्री नियुक्त हुनुहुनेछ।’

संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनका लागि आह्वान हुने र त्यसअनुसार दाबी पेश नभएमा धारा १६८ (३) अनुसार पाण्डे नै मुख्यमन्त्री नियुक्त हुने सम्भावना बलियो छ। त्यसरी मुख्यमन्त्री नियुक्त भए पनि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। लिन नसकेमा १६८ (५) अनुसारको सरकार गठनका लागि आह्वान हुनेछ। त्यस्तो सरकार गठन हुन नसकेमा वा त्यसले पनि विश्वासको मत पाउन नसकेमा प्रदेश मध्यावधि निर्वाचनतिर धकेलिनेछ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने विद्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्