• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवादमा नाउपा : एक्लिँदै तर झन् कठोर बन्दै अध्यक्ष रञ्जिता श्रेष्ठ

64x64
सक्षम मानन्धर शनिबार, चैत १७, २०८०  १४:३०
1140x725

काठमाडौं- सुदूरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा उत्पन्न भएको विवाद कम हुने संकेत देखिएको छैन। बरु अध्यक्ष रञ्जिता श्रेष्ठ थप कठोर बन्दै गएकी छिन्। उनले शुक्रबार सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई चेतावनीयुक्त निर्देशन पठाएकी छिन्।

कांग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा भन्दै भन्दै चौधरीलाई पठाइएको निर्देशनमा श्रेष्ठले भनेकी छिन्, '२०८०/१२/१४ गते पार्टी कार्यालय टीकापुर कैलालीमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने भएकोले सोही बमोजित सरकारबाट बाहिर आउन निर्देशन गर्दछु अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ।'

सरकारबाट फिर्ता नआए पार्टीको विधान अनुसार कारबाही गरिने चेतावनी दिइएको भन्ने श्रेष्ठको पत्रले प्रष्ट पार्छ। आफ्ना यसअघिका कदमको प्रतिवाद हुँदै गएपछि उनी थप कठोर बनेकी हुन्।

गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकार सञ्चालनका लागि गठबन्धन परिवर्तन गरेपछि फागुन २२ मै मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका मन्त्रीहरूलाई पदमुक्त गरिदिएका थिए। मुख्यमन्त्री शाहले प्रदेश सभामा बहुमत सुनिश्चित गर्ने प्रयत्नस्वरुप फागुन २५ र २८ मा नागरिक उन्मुक्ति पार्टीका केही सांसदहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि सो पार्टीभित्र विवाद देखिँदै आएको छ।

फागुन २५ मा आफ्ना पार्टीका प्रदेश सभा सदस्यहरू मन्त्री नियुक्त भएपछि भोलिपल्टै अध्यक्ष श्रेष्ठले नेतृत्वलाई जानकारी नदिई सरकारमा सहभागी भएको भन्दै तत्काल सरकारबाट फिर्ता हुन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएकी थिइन्। तर उनको निर्देशन बेवास्ता गर्दै फागुन २८ मा सो पार्टीबाट लक्ष्मणकिशोर चौधरी मन्त्रिपरिषद्‌मा सहभागी भएका थिए।

फागुन २६ मा दिएको निर्देशन लत्याउँदै फागुन २८ मा लक्ष्मणकिशोर बिना विभागीय मन्त्री भए। साथै, चैत ४ गते बसेको सुदूरपश्चिम संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन र सहकार्य कायमै राख्ने निर्णय लियो। संसदीय दलले आफ्नो निर्देशन लत्याएपछि अध्यक्ष श्रेष्ठले चैत १४ गते टिकापुरमा केन्द्रीय समितिको बैठक राखेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्योन। तर भोलिपल्टै अर्थात् चैत १५ गते लक्ष्मणकिशोरले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाए।

केन्द्रीय समितिको निर्णयप्रति असहमति जनाउँदै दामोदर पण्डित, लक्ष्यबहादुर चौधरी र लक्ष्मणकिशोर चौधरीले विज्ञप्ति नै सार्वजनिक गरेका छन्। शुक्रबार पण्डितले एकल र चौधरीद्वयले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बैठकको निर्णयप्रति समर्थन नभएको घोषणा गरका हुन्। लक्ष्मणकिशोरले त बैठकको निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेको सार्वजनिक भएको थियो।

२१ सदस्यीय केन्द्रीय सदस्यमध्ये १४ गतेको बैठकमा १२ जना मात्रै सहभागी थिए। त्यसैले केन्द्रीय समितिमै पनि रञ्जिता एक्लिँदै गएको देखिन्छ।
 
अध्यक्ष श्रेष्ठ एक्लिँदै जानु र उनको निर्देशन लत्याइनुमा पार्टीका संरक्षक भनिएका रेशम चौधरी (अध्यक्ष श्रेष्ठका पति समेत) को भूमिका रहेको नाउपाका नेताहरूको भनाइ छ। पार्टीका एक जना केन्द्रीय सदस्य भन्छन्, 'सम्पूर्ण विवादको मूल कारण भनेको उहाँहरू (रेशम र रञ्जिता)बीचको व्यक्तित्वको लडाइँ हो।'

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष श्रेष्ठ संघीय सरकार सञ्चालनका लागि बनेको नयाँ गठबन्धनको पक्षमा छिन्। उनले प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक पनि आफ्नो पार्टीको विश्वासको मत दिलाएकी थिइन्। उता रेशम चौधरी भने संघमा बन्ने गठबन्धनको पछि लाग्न नहुने बताउँछन्। उनले फागुन ३० गते फेसबुक स्टाटसमार्फत् आफूहरू कसैका पछाडि नलागी पार्टी निर्माणमा जुट्नुपर्ने बताएका थिए। उनले आफूले रञ्जितालाई सम्झाउन नसकेको बताएका थिए।

तर उनै रेशम सुदूरपश्चिम प्रदेश सरकारमा भने सहभागिताको पक्षमा छन्। सोही अनुसार उनले आफू निकटका प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाएका छन्। र संसदीय दलको बैठकमार्फत् अध्यक्ष श्रेष्ठको निर्देशनलाई 'काउन्टर' दिइरहेका छन्।

फागुन ३० मै संसद् परिसरमा अध्यक्ष श्रेष्ठले पनि विवादकै कारण आफ्नो परिवार नफुट्ने बताएकी थिइन्। 'आफ्नो विचार राख्दा फरकपन आउनु स्वाभाविक हो', उनको भनाइ थियो।

पार्टीभित्रको विवाद नै रेशम-रञ्जिताको व्यक्तित्वको लडाइँ भन्ने केन्द्रीय सदस्यले संकेत गरेको सन्दर्भ महाधिवेशनको र निर्वाचन आयोगको निर्णयसँग जोडिन्छ। सो पार्टीले २०८० पुस २६ देखि २८ सम्म पहिलो महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनअघि रेशम संरक्षक र रञ्जिता अध्यक्ष थिए। तर महाधिवेशनले रेशमलाई अध्यक्ष चयन गर्यो।। त्यसपछि निर्वाचन आयोगको अभिलेख अद्यावधिक गर्न निवेदन दिइएको थियो। तर आयोगले रेशमलाई अध्यक्ष हुन नमिल्ने निर्णय गर्दै पुरानै समिति ब्युँत्याइदियो। जसअनुसार अहिले रञ्जिता नेतृत्वको समिति सक्रिय छ। १४ गते उनले राखेको बैठक त्यही केन्द्रीय समिति (संस्थापक केन्द्रीय समिति) को हो।

Xtrem

Xtrem

'अहिले अध्यक्ष रञ्जिताबाट बारम्बार निर्देशनहरू आइरहनु र रेशमले पनि आफू निकटका व्यक्तिहरूबाट त्यसको प्रतिवाद गरिरहनुमा त्यही कारण हो', ती केन्द्रीय सदस्यले भने, 'अध्यक्षज्यू झन् कठोर बन्दै जानुभएको देखिन्छ। हेरौँ पार्टीमा केके हुँदै जाने हो?'

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने विद्... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्