• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवादमा नाउपा : एक्लिँदै तर झन् कठोर बन्दै अध्यक्ष रञ्जिता श्रेष्ठ

64x64
सक्षम मानन्धर शनिबार, चैत १७, २०८०  १४:३०
1140x725

काठमाडौं- सुदूरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा उत्पन्न भएको विवाद कम हुने संकेत देखिएको छैन। बरु अध्यक्ष रञ्जिता श्रेष्ठ थप कठोर बन्दै गएकी छिन्। उनले शुक्रबार सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता घनश्याम चौधरीलाई चेतावनीयुक्त निर्देशन पठाएकी छिन्।

कांग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता लिने सन्दर्भमा भन्दै भन्दै चौधरीलाई पठाइएको निर्देशनमा श्रेष्ठले भनेकी छिन्, '२०८०/१२/१४ गते पार्टी कार्यालय टीकापुर कैलालीमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने भएकोले सोही बमोजित सरकारबाट बाहिर आउन निर्देशन गर्दछु अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ।'

सरकारबाट फिर्ता नआए पार्टीको विधान अनुसार कारबाही गरिने चेतावनी दिइएको भन्ने श्रेष्ठको पत्रले प्रष्ट पार्छ। आफ्ना यसअघिका कदमको प्रतिवाद हुँदै गएपछि उनी थप कठोर बनेकी हुन्।

गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकार सञ्चालनका लागि गठबन्धन परिवर्तन गरेपछि फागुन २२ मै मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका मन्त्रीहरूलाई पदमुक्त गरिदिएका थिए। मुख्यमन्त्री शाहले प्रदेश सभामा बहुमत सुनिश्चित गर्ने प्रयत्नस्वरुप फागुन २५ र २८ मा नागरिक उन्मुक्ति पार्टीका केही सांसदहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि सो पार्टीभित्र विवाद देखिँदै आएको छ।

फागुन २५ मा आफ्ना पार्टीका प्रदेश सभा सदस्यहरू मन्त्री नियुक्त भएपछि भोलिपल्टै अध्यक्ष श्रेष्ठले नेतृत्वलाई जानकारी नदिई सरकारमा सहभागी भएको भन्दै तत्काल सरकारबाट फिर्ता हुन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएकी थिइन्। तर उनको निर्देशन बेवास्ता गर्दै फागुन २८ मा सो पार्टीबाट लक्ष्मणकिशोर चौधरी मन्त्रिपरिषद्‌मा सहभागी भएका थिए।

फागुन २६ मा दिएको निर्देशन लत्याउँदै फागुन २८ मा लक्ष्मणकिशोर बिना विभागीय मन्त्री भए। साथै, चैत ४ गते बसेको सुदूरपश्चिम संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन र सहकार्य कायमै राख्ने निर्णय लियो। संसदीय दलले आफ्नो निर्देशन लत्याएपछि अध्यक्ष श्रेष्ठले चैत १४ गते टिकापुरमा केन्द्रीय समितिको बैठक राखेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्योन। तर भोलिपल्टै अर्थात् चैत १५ गते लक्ष्मणकिशोरले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाए।

केन्द्रीय समितिको निर्णयप्रति असहमति जनाउँदै दामोदर पण्डित, लक्ष्यबहादुर चौधरी र लक्ष्मणकिशोर चौधरीले विज्ञप्ति नै सार्वजनिक गरेका छन्। शुक्रबार पण्डितले एकल र चौधरीद्वयले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बैठकको निर्णयप्रति समर्थन नभएको घोषणा गरका हुन्। लक्ष्मणकिशोरले त बैठकको निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेको सार्वजनिक भएको थियो।

२१ सदस्यीय केन्द्रीय सदस्यमध्ये १४ गतेको बैठकमा १२ जना मात्रै सहभागी थिए। त्यसैले केन्द्रीय समितिमै पनि रञ्जिता एक्लिँदै गएको देखिन्छ।
 
अध्यक्ष श्रेष्ठ एक्लिँदै जानु र उनको निर्देशन लत्याइनुमा पार्टीका संरक्षक भनिएका रेशम चौधरी (अध्यक्ष श्रेष्ठका पति समेत) को भूमिका रहेको नाउपाका नेताहरूको भनाइ छ। पार्टीका एक जना केन्द्रीय सदस्य भन्छन्, 'सम्पूर्ण विवादको मूल कारण भनेको उहाँहरू (रेशम र रञ्जिता)बीचको व्यक्तित्वको लडाइँ हो।'

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष श्रेष्ठ संघीय सरकार सञ्चालनका लागि बनेको नयाँ गठबन्धनको पक्षमा छिन्। उनले प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक पनि आफ्नो पार्टीको विश्वासको मत दिलाएकी थिइन्। उता रेशम चौधरी भने संघमा बन्ने गठबन्धनको पछि लाग्न नहुने बताउँछन्। उनले फागुन ३० गते फेसबुक स्टाटसमार्फत् आफूहरू कसैका पछाडि नलागी पार्टी निर्माणमा जुट्नुपर्ने बताएका थिए। उनले आफूले रञ्जितालाई सम्झाउन नसकेको बताएका थिए।

तर उनै रेशम सुदूरपश्चिम प्रदेश सरकारमा भने सहभागिताको पक्षमा छन्। सोही अनुसार उनले आफू निकटका प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाएका छन्। र संसदीय दलको बैठकमार्फत् अध्यक्ष श्रेष्ठको निर्देशनलाई 'काउन्टर' दिइरहेका छन्।

फागुन ३० मै संसद् परिसरमा अध्यक्ष श्रेष्ठले पनि विवादकै कारण आफ्नो परिवार नफुट्ने बताएकी थिइन्। 'आफ्नो विचार राख्दा फरकपन आउनु स्वाभाविक हो', उनको भनाइ थियो।

पार्टीभित्रको विवाद नै रेशम-रञ्जिताको व्यक्तित्वको लडाइँ भन्ने केन्द्रीय सदस्यले संकेत गरेको सन्दर्भ महाधिवेशनको र निर्वाचन आयोगको निर्णयसँग जोडिन्छ। सो पार्टीले २०८० पुस २६ देखि २८ सम्म पहिलो महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनअघि रेशम संरक्षक र रञ्जिता अध्यक्ष थिए। तर महाधिवेशनले रेशमलाई अध्यक्ष चयन गर्यो।। त्यसपछि निर्वाचन आयोगको अभिलेख अद्यावधिक गर्न निवेदन दिइएको थियो। तर आयोगले रेशमलाई अध्यक्ष हुन नमिल्ने निर्णय गर्दै पुरानै समिति ब्युँत्याइदियो। जसअनुसार अहिले रञ्जिता नेतृत्वको समिति सक्रिय छ। १४ गते उनले राखेको बैठक त्यही केन्द्रीय समिति (संस्थापक केन्द्रीय समिति) को हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'अहिले अध्यक्ष रञ्जिताबाट बारम्बार निर्देशनहरू आइरहनु र रेशमले पनि आफू निकटका व्यक्तिहरूबाट त्यसको प्रतिवाद गरिरहनुमा त्यही कारण हो', ती केन्द्रीय सदस्यले भने, 'अध्यक्षज्यू झन् कठोर बन्दै जानुभएको देखिन्छ। हेरौँ पार्टीमा केके हुँदै जाने हो?'

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भए । बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्