काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन जाने भएका छन्। चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जान लागेका हुन्।
भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।