काठमाडौं– उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय बदर गरेको छ।
रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीको निवेदनमा पाटनले यस्तो फैसला सुनाएको हो।
निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै आयोगले उनीहरु विरुद्ध १५ हजार जरिवाना तोकेको थियो।
उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो। आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
न्यायाधीशद्व मुनेन्द्र प्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले रिट जारी हुने फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।