काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताए।
उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए। उनले नेपालीहरुले लिएको विज्ञता र अनुभवलाई अब सबैसमक्ष पुर्याउने गरी पूर्वसूचना प्रणालीको विकास र विस्तार गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने? अथवा पूर्व सूचनालाई हामीलै कुन रुपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ। अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा छ। हाम्रा अनुभवहरुलाई र विज्ञतालाई ठिक ढंगले प्रशारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पुर्याउने विधिहरुको बारेमा पनि तपाईहरुका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ।’
उनले सूचना सबैको पहुँचमा पुर्याउने विधिहरुको बारेमा सोच्न जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।