काठमाडौं- मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको रिक्त पदहरूमा नियुक्तिको निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका चार वटा पदमा नियुक्तिको निर्णय गरेको सरकारको प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन्।
नियुक्त भएकाहरूमा प्राध्यापक संगिता सिंह, काठमाडौं, डा कुशेन्द्रबहादुर महत, जुम्ला, प्राध्यापक शिवराज अधिकारी, पाल्पा र डा अरनिकोकुमार पाण्डे ललितपुर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।