काठमाडौं– संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
बुधबार समितिको सभापतिमा निर्विरोध निर्वाचित भएसँगै उनले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्। बुधबार अपरान्ह संसद् भवनस्थित ल्होत्से हलमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनियताको शपथग्रहण गराए।
शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिमा आउने महत्त्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए। उनले देश निर्माणमा शिक्षा महत्त्वपूर्ण हुने भन्दै शिक्षालाई सुधार गर्दै अघि बढ्ने बताए।
उनले अब शिक्षा क्षेत्रलाई अघि बढाउने उद्देश्य र योजनाअनुरुप अघि बढ्ने बताए। शिक्षा र स्वास्थ्यका लागि नागरिकलाई सहज हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए। शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेरै छोड्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।